लाब्दा विभागमा कर्मचारीहरुलाई विदाई अनि बधाई कार्यक्रम

Farewell labdah cinchona divisional labour
मङपू सिन्कोना बगान अन्तर्गत यहाँको लाब्दा विभागमा आज तीन जना अवकाश प्राप्त कर्मचारीहरुको  निम्ति विदाई संगै एकजना पद्दोन्ति भएर गएका कमचारीलाई बधाई कार्यक्रमको आयोजना भएको छ | लाब्दा विभागीय कार्यलयको कर्मचारी लोकमणि शर्मा द्वारा संचालित विदाई अनि बधाई कार्यक्रममा विदाई समारोह समितिको सभापति तथा लाब्दा विभागीय गयाङमेन एमके थापाको सभापतित्व रहेको थियो | शुरुमा आफ्नो परिवारको आर्थिक आवश्यकता पूर्तिको निम्ति हिउँदको कठ्याङग्रिने जाडो, बर्खाको झरी अनि भत्भतिभति पोल्ने घामसित संघर्ष गर्दै आफ्नो उमेरहरु सिन्कोनाको तितो बगानमा खर्चेर जीवनको ६० बसन्त बिताई सकेका कर्मचारीहरु क्रमैले चन्द्रकुमार तामांग अनि गोपी तामांग साथै रोशन मंगर जो शाररिक अस्वस्थ्य थिए सबैलाई संयुक्त रुपमा बिभागले एउटा कार्यक्रमको आयोजन गर्दै विदाई दिएको छ | अवकाश प्राप्त यी कर्मचारीहरुलाई बिभागको पक्षबाट सानो उपहार, स्मृति पत्र संगै आउँदो जीवनको निम्ति धेरै शुभकामनाहरु दिएको छ | यसरी लाब्दा विभागीय कार्यलयमा कार्यरत जेसी शिवलाल मोक्तान पदोन्नति भएर एलडीसीको पदमा सिन्कोना कारखाना कार्यलयमा नियुक्ति पाएको हुँदा उनलाई पनि विभागले बधाई साथै स्मृति पत्र प्रदान गरेर बिभागबाट विदा दिएको छ | कार्यक्रममा अवकाश प्राप्त कर्मचारीहरुले आफ्नो कार्यकालभरिको तितो मिठो अनुभूतिहरु पनि सुनाएका थिए भने विभागीय गयाङमेनले कार्यक्रमलाई सम्बोधन गर्दै सबैलाई शुभकामनाहरु दिएका थिए | यसरी नै विभागको सिनियर चप्रासी मदन राईले पनि सम्बोधन गर्दै अवकाश ग्रहण गरेका कर्मचारीहरुलाई आउँदो सुखद भविष्यको शुभकामना दिए साथै उपस्थित सम्पूर्ण कर्मचारीहरुलाई विभागको कार्यप्रणाली बारे बताउंदै लाब्दा सिन्कोना बगानलाई राम्रो बनाउनमा कर्मचारीको भूमिका महत्वपूर्ण छ र हामी सबै मिलेर बगानलाई हराभरा अनि प्रगतिशील बनाउ भन्ने जानकारी दिए ||   

मङपू सिन्कोना बगान अन्तर्गत यहाँको लाब्दा विभागमा आज तीन जना अवकाश प्राप्त कर्मचारीहरुको निम्ति विदाई संगै एकजना पद्दोन्ति भएर गएका कमचारीलाई बधाई कार्यक्रमको आयोजना भएको छ |

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.