Trending Vids

हर्कले गोर्खाल्याण्डको बील ममतालाई पठाएर देखावोस - सभासद रतन थापा

Sabhasad Ratan Thapa addressing meeting
मेनुफेस्टोमा गोर्खा शब्द सम्म लगाउन नसक्ने जन आन्दोलन पार्टी(जाप) ले आज भोट फकाउन गोर्खाल्याण्ड बील तयारी गरेर पठाउने जापको नेतृत्वहरुको कुरा लज्जाजनक रहेको जनाउंदै यदि हर्कबहादुर छेत्रीले गोर्खाल्याण्डको बील पठाउन सक्छ भने राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीलाई पठाएर देखाउस त भन्दै चुनौतीपूर्ण सम्भाषण आज यहाँको नालीडांडामा लाब्दा मङपू समष्टि गोर्खा जनमुक्ति युवा मोर्चा द्वारा आयोजित आन्तिम दिनको चुनावी सभामा समष्टिको सभासद रतन कुमार थापाले दिएको हो | केही दिन अघि मात्र कालेबुंगको मोटर स्ट्याण्डमा आयोजित जापको चुनावी सभाबाट उक्त पार्टीले गोर्खाल्याण्डको पब्लिक बिल बनाउंदै जीटीए प्रमुख बिमल गुरुङ अनि सांसद  एसएस अह्लुवालियालाई दिने अनि उनीहरुले सक्छ भने लोकसभामा यस मुद्दा उठान गरेर देखावोस भन्ने चुनौतीलाई केन्द्र गरेर सभासद थापाले यसो भनेका हुन् | उनले अझ बताए अनुसार जाप पार्टीले कालेबुंग जिल्लाको मात्र कुरा गर्दा जनताले राम्रो साथ नदिने अनि  चुनाव हार्ने बुझेर नै गोर्खाल्याण्डको कुरा गर्दै जनतालाई भ्रममा पार्ने कुटनीति चालेको हो | टीएमसी र जाप मिलेर साधारण जनतालाई घरि कालेबुंग जिल्ला घरि गोर्खाल्याण्डको कुरा गर्दै भोट हत्याउने षड्यन्त्र मात्र गरेको उनको भनाई छ |  यसैले यस्ता धुर्त नेताहरुदेखि सम्पूर्ण जनता होसियार बस्ने र यस्ताहरुको लोलोपोतोमा नलाग्ने उनले आह्वान पनि गरेको छ | उनले यहाँको सिन्कोना कारखानाको कुरा गर्दै यसलाई त्यस्ताक सीपीएम र गोरामुमोहरुको शासनकालमा बन्द गराएको बताउंदै गोजामुमो आएर नै हालमा जीटीए मार्फत यो कारखानालाई नविनिकरण अनि पुननिर्माण गर्ने काम भएको छ साथै सिन्कोनाको बदली काम, पद्दोनती लगायत अन्य बिकाशमुलक कार्यहरु पनि गोजमुमो आएर नै भइरहेको बताए | आज कुनै पनि हालतमा बङ्गाल विभाजन हुँदैन भन्ने ममताको पार्टीसित साँठ - गाँठ मिलाएको पार्टीलाई जिताएर जनताले के चैँ आशा गर्नु भन्दै मन्त्रि ममता ब्यनार्जीले पहिले नै कालेबुंग जिल्ला भएको घोषणा गरेपछि पनि चुनाव जित्नुपर्ने कन्डिशन हर्कको अघि राखिदिएको छ भने यदि चुनाव हारे जिल्ला बनाउन देला ? यो कुरा पनि सबैले सोंचेर गोर्खा जाति अनि अस्मिताको निम्ति मोम बत्तीको चिन्हमा भोट दिएर मोर्चा उम्मेदवारलाई जिताउने अपिल आज सभासदले गरेको छ |

अन्तिम दिनको चुनावी सभालाई युवा मोर्चा लाब्दा मङपू समष्टि सचिव बिज्ञेन मिश्र, मोर्चा कानुनी सल्लाहकार राम पोख्रेल, निर्मल छेत्री, दयानन्द राई, अनित खाती, गोपाल राई, पवन मंगर साथै सभापति मुकेश थापाले पनि सम्बोधन गर्दै १७ अप्रेलको दिन समष्टिको सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी जनता एकजूट भई गोजमुमो खर्सांग महकुमा उम्मेदवार डा० रोहित शर्मालाई बहुमतले जिताएर गोर्खाल्याण्ड बिरोधी शक्तिलाई गोर्खे एकता देखाइदिने आह्वान गरेका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB