Trending Vids

छैटौ अनुसूचीले मात्र गोर्खा जातिको भाग्य निर्धारण गर्न सक्छ - मन घिसिङ

Mann ghisingh addressing people in mungpoo
आज गोरामुमोको एक पथसभा स्थानीय नालीडाड़ामा कैलाश पाख्रीनको अध्यक्षतामा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले सम्पुर्ण हाम्रो जातिको भाग्य निर्धारण छैटौ अनुसूचीले मात्र गर्न सक्छ र सबैले गोरामुमोको छत्रछायामा बसेर छैटौअनुसूचीको लागि अघि आई दिने अपील गरे | गोरामुमोको मुद्धा छैटौअनुसूचीले जनतालाई फाईदा हुने बताउदै  हरियो झन्डालाई सबैले  बिश्वास गरिदिने भन्दै मन घिसिङले उनको पिता स्व: सुवास घिसिङ अनि गोरामुमोको कारण नै आज छैटौअनुसूची बील राज्य सभामाबाट लोक सभामा गईसकेको र लोक सभामा मात्र पास हुन  बाँकी  रहेको कुरा जनाए | सम्पुर्ण गोर्खा जातिलाई जनजाति मर्यादा दिन पर्छ भन्ने गोरामुमो पार्टीको टेक रहेको बताउदै छैटौअनुसूचीले मात्र सम्पुर्ण गोर्खा जातिलाई एक सुत्रमा बाध्न सक्छ  भन्ने कुरो पनि बताए | यसरी अर्को वक्ता  भूपु बिधायक एवं एचपीडब्ल्युयु सिन्कोना जोन सभापति एनबी छेत्रीले जीटीए सिन्कोनाको रखवाला मात्र हो र सिन्कोनामा जीटीएले योजनाबद्ध ढंगले कुनै पनि कार्य गर्न नसकेको आरोप लगाउदै आज सिन्कोना बगानको पैसा कोलकोताबाट आउछ र जीटीएले यसलाई बाड़ने मात्र काम गरेको छ भनि जनाए | छैटौअनुसूची लागु गराउन सके सिन्कोना र चिया बगान मात्र होइन पहाडको सानो तिनो सम्पुर्ण उध्योग धन्दा पूर्ण जीवित भएर जानेछ अनि छैटौअनुसूचीमा आफ्नो कानुन आफै बनाउने क्षमता भएको कारण पनि हामीलाई छैटौअनुसूची लागु गराउन अति आवश्यक छ भन्ने कुरो  छेत्रीले राखे | यसरी चमन प्रधानले संचालन गरेको सभामा गोरामुमो खरसाङ ब्रान्च कमिटी सदश्य अनुप गुरुङ, गोरामुमो महासचिव महेन्द्र छेत्री, अधिवक्ता निरज जिम्बा आदिले सम्बोन्धन गरे | गोरामुमो अध्यक्ष मन घिसिङले आज बागौड़ा,माना बस्ती, घलेटार,शेल्फु, ७२ धुरा, लाठपन्चर, कालीझोड़ा सुन्तले, लोहापुल हुदै मङपु आईपुगे भने उनले  मङपुको जनसभा पछि  लाब्दा बस्तीको पनि परिभ्रमण गरे |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB