Trending Vids

सिन्कोना मजदूरले बड पैसा पाए

cinchona plant
सिन्कोना बगानका मजदुरहरुले आज शुक्रबार आफ्नो २०१४ - १५ को महंगी भत्ता एरियर (arrears) ४५०० रुपियाँ गरेर पाएको छ | बडपैसा पाएकोले चिसो मौसममा पनि यहाँको नालीडांडा अनि बजारमा संधैको तुलनामा मानिसहरुको घुइँचो बढेको थियो साथै दोकान पाटमा पनि ग्राहकहरुको घुइँचो बढेको थियो | मोर्चाको दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको सक्रीय पहलमा सिन्कोना बगान क्षेत्रका दैनिक खटिखाने मजदुरहरुले आफ्नो बडपैसा पाएकोमा युनियन महा सचिव गगन राईले हर्ष प्रकट गर्दै अहिले घरि कमानमा काम गरेर आफ्नो छोरा - छोरी पदाइरहेका अभिभावकहरुलाई नानीहरुको विधालय भर्ना शुल्क, उनीहरुको ड्रेस साथै किताबहरु किन्न ठुलो सहयोग पुग्ने बताएका छन् भने मजदूरहरुको यो बडपैसा पाउनुको मुख्य  श्रेय गोर्खाल्याण्ड क्षेत्रीय पशासन कार्यपाल बिमाल गुरुङलाई नै जाने हुनाले सचिवले कार्यपाल प्रति समस्त मजदूरको पक्षमा धन्यबाद प्रकट गरेको जानकारी सचिव स्वयले एक विज्ञप्ति मार्फत जनाएका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB