Trending Vids

केबी सन्यासीलाई अवधारणा समुहद्वारा आस्था सम्मान

cinchona manager nk baraily presented astha samman to kb sanayasi
मङपु सिन्कोना बगानका औकासप्राप्त श्रमिककर्मचारी एवं समाजसेवी व्यक्तित्व केबी सन्यासीलाई मंगलबारको दिनको उनको बासगृहमा पुगी अवधारणा समुह (Concept Group) द्वारा आस्था सम्मान प्रधान गरियो | हालमा उनि अस्वस्थ्य रहेको कारण नै समुहका सभापति केबी गिरीको नेतृत्वमा सिन्कोना बगान व्यवस्थापक एनके बराईलीको बाहुलीबाट अंगब्रस्त्र प्रधान गरियो अनि सुजीत थापाले आस्था सम्मान पत्र पठन गरे पछि व्यवस्थापकको बाहुलीबाट पुन केबी सन्यासीलाई आस्था सम्मान प्रधान गरियो | केबी सन्यासी बगानको एक श्रमिक कर्मचारी मात्र नरहेर उनि १९६० सालमा गोर्खालीग,१९६५ सालमा कंग्रेस अनि १९८० सालमा सीपीआईएममा  ट्रेड युनियन युनियनकार्यकर्ता गरि आएको र पछिबाट गोरामुमोको युनियन कार्यकर्ता अनि हालमा पनि गोजामुमोको सल्हाकार रहिआएको जनाए | युनियन प्रतिनिधि रहदा उनले रतनलाल ब्राह्मण माईलाबाजे अनि स्व: बिकाश गोतामे संग  मिलेर कोलकोत्तामा गई सिन्कोना उथानको निम्ति  थुप्रै बिकाश मुलक कार्य गरेको पनि जनाए | हाल ८० बर्षको बृद्ध अवस्थामा पुगेको केबी सन्यासीले आज यसरी आफुलाई ८० बर्षको उमेरमा सम्मान दिएकोमा हर्ष व्यक्त गर्दै कन्सेप्ट ग्रुप(अवधारणा समुहलाई)आभार व्यक्त गर्दै यस संस्थालाई पंजीकृत गरेर आगमी दिनहरुमा समाज उत्थानको निम्ति अझ धेरै असल कार्य गरेर  लैजाने सल्लाह दिए | उनले मङपुमा यस्तो संस्थाहरुको आवश्यकता रहेको बताउदै यस संस्थाले हरेक कुरामा अवधारणा राखेर अवधारणा परिपूर्तिको निम्ति काम गरि रहनपर्छ, हाम्रोमा धेरै कुरा हराएको छ जस्तै हालमा बृद्धहरु अनि युवाहरु माझको जेनेरसन ग्याप देखिन थालेको छ र यस कुरोलाई मध्य नजर राखेर बृद्ध अनि युवाहरु १० जनालाई राखेर भए पनि यस जेनेरेशन ग्यापलाई समिलित गराउन सके धेरै नै असल कार्य हुनेछ | सुन्तला खेतीको कुरा  गर्दै उनले सुन्तला फलेको बेलामा खाको मात्र त रहेछ तर सधै भरि फलाउनको निम्ति के गर्न पर्छ अथवा अहिलेको  सुन्तला अथवा अदुवाको खेतीलाई रोगबाट मुक्त गराउन कस्तो उपायहरु  गर्न पर्छ यस्तो बिषयमा अर्थनैतिक कामहरु पनि यस अवधारणा समुहले गर्दै लैजाने उनले सल्हाह  दिए | अन्त्यमा आफ्नो पितालाई यसरी ८० बर्षको बृद्ध अवस्थामा पनि उनको कार्यशैलीलाई कदर गर्दै आस्था सम्मान प्रदान गरिएकोमा  आज उनको शरीरमा अझ केहि गर्न सक्छु भन्ने उर्जा शक्ति बढेको बताउदै उनको छोरो पुस्कर सन्यासीले  समुहलाई धन्यवाद प्रकट गरे|

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB