Trending Vids

सिन्कोना बगान मजदुरको बढेको पैसा मन्जुरी

TMC mungpoo press meet
मङपु, केशर मोक्तान:  सिन्कोना श्रमिकवर्गको बढेको महगी भत्ता राज्य सरकारको मन्जुरीमा हालै जीटीए मार्फत सिन्कोना निर्देशालयमा प्राप्त भएकोमा तृणमूल पार्टी एवं दार्जीलिङ सिन्कोना प्लान्टेशन वार्कर्स युनियनको पक्षमा राज्यकी माननीय मुख्यमन्त्री ममता ब्यनार्जी,वित्त मन्त्री अमीत मिश्र,हर्टिकल्चर प्लान्टेशन वाकर्स युनियनको एव फुडप्रोसेस मन्त्री कृष्णेनन्दु चौधरी, सिन्कोना निर्देशक डा.सामुएल राई, एव बगान ब्यवास्थापकवर्ग  साथै जीटीएका सम्पूर्ण सम्बन्धीत पदाधिकारीवर्ग प्रति आभार व्यक्त गर्दै सम्पूर्ण सिन्कोना बगान श्रमिकवर्गको पक्षमा धन्यवाद ज्ञापन गरेका छन | उक्त रहल महगी भत्ता प्राप्त गराउन युनियनले बिगत धेरै महिना देखि नै पहल गर्दै आएको र उक्त मांगलाई राज्य सरकार समक्ष धेरै पल्ट राखिएको कुरा जनाए | श्रमिकवर्गको बिगत बर्ष १ जुलाई २०१४ देखि ३१ डिसेम्बर २०१४(६ महिना)सम्मको मोठ मेन्डेज १५८ दिनको दैनिक बढेको महगी भत्ता(एडीए)प्रतिदिन रुपियाँ १०.३५को दरले मोठ १६३५.३० पैसा,र अर्को रहल भत्ता १ जनवरी २०१५ देखि ३० जुन २०१५(६ महिना)को मोठ मेन्डेज जम्मा १५५ दिनको दैनिक बढेको महंगी भत्ता प्रतिदिन १८.६१को दरले मोठ रुपिया २८८४.५५ साथै अर्को १ जुलाई २०१५ देखि ३१ डिसेम्बर२०१५को रहल महगी भत्ता भने २.६५को दरले घटेको कारण  दैनिक महगी भत्ता रुपियाँ १५.८६ गरि १ जुलाई २०१५ देखि ३१ अगष्ट २०१५को मोठ  मेंडेज जम्मा ५३ दिनको प्रतिश्रमिक प्रतिदिन रु १५.९६को दरले मोठ रकम रु ८४५.८८ प्राप्त हुनेछ | सर्वमोठ मेन्डेज ३६६दिन् अनि सर्वमोठ प्राप्त हुने प्रति श्रमिकले रुपियाँ ५३६५.७३ प्राप्त हुने,जसमा अनिवार्यरुपमा ईपीएफ  रकम रु ६४४ कटौती भई रुपिया ४७२१.७३ प्रति सिन्कोना श्रमिकलाई प्राप्त हुनेछ | जसको निम्ति सम्पूर्ण सिन्कोना श्रमिकवर्गलाई बधाई टक्राउदै आउने दिनहरुमा पनि उनीहरुको प्रत्येक समस्यहरुलाई आत्मासाथ गरि उक्त युनियनले समस्य समधानको निम्ति कट्टीबद्धता जाहेर गरे | उक्त रकम प्रत्येकले सदुप्रयोग गरुन साथै नानीहरुको स्कुल भर्ना, स्वास्थ्य जाच आदिमा ध्यान दिउन भनि सुझाव पनि व्यक्त गरे एव आगामी नवबर्षको शुभकामना सहित  सिन्कोना बगानको उत्तोत्तर प्रगतिको कामना गरे | आज मङपुमा एक पत्रकार सम्मेलन डाकेर दार्जीलिङ सिन्कोना प्लानटेशन वाकर्स युनियनले उक्त बिज्ञप्ती जारी गरेका हुन् भने आज उक्त सम्मेलनमा युनियन अध्यक्ष किरण ब्लोन,सचिव मिरेन लामा, मङपु जोन युनियन अध्यक्ष नीलकुमार  गुरुङ,जिल्ला नारी संगठन मूल सचिवा रेजिना गुरुङ,आर.आर ब्लक कमिटिका  मूल सचिव  पवन बल,मङपु जोन पार्टी अध्यक्ष संजय थापा,एव युवा संगठनका मूल सचिव शरद थापा उपस्थित थिए | उक्त बढेको पैसा यसै सप्ताह  भित्र सिन्कोना बगान श्रमिकवर्गले प्राप्त गर्ने जानकारी युनियन मूल सचिव मिरेन लामाले  दिएका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB