Trending Vids

१० दिसम्बरको पहाडव्यापी बन्दलाई दातडुप्लालेयु सिन्कोना जोनको समर्थन

Darjeeling tea garden strike by gjm trade union
दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले शोषित बन्द चियाकमानको पक्षमा मालिकवर्ग अनि सरकारले चिया श्रमिकवर्ग अनि चिया बगान प्रति गरेको हेलचेक्राइको कडा विरोध जनाउंदै विविध मागहरु लिएर १० दिसम्बरको दिन बन्द डाकेको छ यसै विषयमा गत ६ दिसम्बरको दिन यहाँको पीडब्ल्यु बंगलोमा सिन्कोना जोन केन्द्रीय समितिको एक महत्वपूर्ण सभा मंग्पू जोन सभापति पदमालाल गुरुङको सभापतित्वमा बसेको छ |
सभामा श्रमिकवर्ग बिशेष गरेर चिया बगानको शोषित श्रमिकवर्गको हितमा बन्द गर्ने विषयमा छलफल भएको छ | सभामा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समिति महा सचिव गगन राईले बन्द डाक्नु पर्ने विषय माथि उपस्थित सबैलाई प्रकाश परेका थिए |
श्रमिकवर्गको हितमा डाकिएको पहाडब्यापी बन्दलाई हामी मंग्पू जोनले कति सम्म सहयोग र समर्थन जनाउन पर्ने विषयमा सभामा बृहत छलफल भयो | सभामा मंग्पू मोटर चालक संगठनको पक्षमा संगठनका अध्यक्ष हर्क पाख्रीनले यस पहाड बन्दलाई सहृदय समर्थन गर्दै शोषित श्रमिकवर्गको हितमा उक्त दिन मंग्पू मोटर चालक संगठनको पक्षबाट सम्पूर्ण बहानहरु नचलाएर बन्द कार्यक्रमलाई सफल बनाउन निर्णय लिएको बताएका छन् | यासरी नै सभालाई सम्बोधन गर्दै सिन्कोना मंग्पू जोन सचिव किशन बुडाथोकीले बन्द अवधि गन्तीघर, सरकारी कार्यलयहरु सबै मिलेर सील गरौँ भन्दै सबैलाई निवेदन गरे | बन्द अवधि शैक्षिक, स्वास्थ्य अनि बिवाहको गाडीहरुलाई छुट दिइनु पर्ने कुरा भयो |
यसरी नै मंग्पू जोनका कानुनी सलाहकार राम पोख्रेलले यो बन्दमा सबै अनुशाशित भएर सफल बनाउने आग्रह गरे | सभामा लाब्दा बस्तीको पक्षबाट विवेक छेत्री, मंग्पूर विभाग गोजमुमो शाखा सचिव सुजम छेत्री, रम्बी विचकमान शाखा युनियनका बिरबल राई, हाइवेबाट पार्टीका कर्मठ सदश्य नर्बु लामा   आदिले पनि बन्दलाई सफल पर्ने सुझाउहरु राखेका थिए |
हाइवे रम्बी शाखा अध्यक्ष मनभरण सिंह ज्युले पनि बन्दलाई पूर्ण समर्थन गर्दै त्यस दिन रम्बी बजारका दोकानहरु बन्द गराउने बचन दिए पनि हाइवेमा सिक्किमवाही गाडीहरु पनि चल्ने हुनाले गाडीहरु बन्द राख्न असुविधा हुने सबैलाई अव्गात गराए |

नारी मोर्चा मंग्पू जोन सचिवा सुर्यमणी राइले बन्द अवधि मद मदिराहरु पूर्ण रुपले बन्द गर्दै पिकेटर्सहरुले पनि मद मदिरा सेवन नगरि, उत्तेजित नभई बन्दलाई सफल बनाउने अनुरोध गरे |
जेएसटीओको पक्षबाट अजय राइले १० दिसम्बरको बन्द चियाबारी मात्र होइन सिन्कोनाको श्रमिकवर्गको पनि हितमा रहेकोले हामी पाठशाला पक्षबाट यो बन्दलाई पूर्णरुपले समर्थन जनाउने बचन दिए | यसरी नै गोजमुमो मंग्पू जोन सचिव रतन लामाले सभालाई सम्बोधन गर्दै जीटीएमा हामी चियाबारी र सिन्कोना बगान बारबार शोषित हुने गर्छौ | बन्द चियाबारीमा अध्यक्ष बिमल गुरुङले आफ्नो पक्षबाट आर्थिक सहयोग गरिदिनु भएको छ | हामी सिन्कोनाबासीलाई पनि पर्जा पट्टा दिनुपर्ने कुरा उठान भइसकेको सभामा बताए र अहिलेघरि चियाबारीको श्रमिकवर्ग संगसंगै सिन्कोना श्रमिकवर्गको पनि पर्जा पट्टालाई लिएर बन्द गरौँ भन्ने कुराहरु सचिव तामांगले बताए | सिन्कोनाको पक्षमा आएको अनुदानहरुले हाम्रा दोकानपाट गाडीहरु चल्ने गर्छ | यसर्थ सबैले १० दिसम्बरको बन्दलाई सफल गराउन स्वय नै उत्सुक हुनुपर्ने कुराहरु सभालाई जनाए | बन्दलाई सफल गराउन व्यापारी संगठनलाई अघावै पत्रचार अथवा टेलिफोन मार्फत कुरा बताएर सहयोग लिने पनि उनले सभालाई जनाउंदै बन्द सफल पार्न गाडी, दुईचक्के बहान, दोकान अनि बगान सबै बन्द राख्दै बन्द पूर्णरुपले सफल बनाइदिने सबैलाई अपिल गरेका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB