नयाँ सालको उपहार स्वरूप नालीडाड़ा ब्यापारी संगठनले स्ट्रीट लाईटको उद्घाटन

street light in nalidara
आज २०१५ साललाई बिदाई दिदै अनि २०१६ नयाँ बर्षलाई स्वागत जनाउदै नालीडाड़ा ब्यापारी संगठनको अगुवाईमा यहाको दार्जीलिङ जाने फाटक देखि बसस्ट्यान्ड सम्म १४ वटा स्ट्रीट लाईट लगाउने कार्य गरियो | आज साँझ उक्त स्ट्रीट लाईटको उद्घाटन मङपु पुलिस चौकी प्रभारी एम.हुसैनको बाहुलीबाट गरियो | कार्यक्रमका अध्यक्ष एवं  समाजसेवी साथै  संगठनका कर्मठ सदस्य डी.एस.प्रधानको बहुलीबाट दीप प्रज्वलन गर्दै शुरु गरिएको उद्घाटन कार्यक्रममा यस स्ट्रीट लाईट जड़ान गर्नको निम्ति  दश हजार रुपियाँ दिएर सहयोग गर्ने नालीडाड़ा बोईज क्लब,५१०० रुपियाँ दिने कमल अग्रवाल अनि १ हजार प्रदान गर्नु हुने उर्मिला तामाङलाई नालीडाड़ा ब्यापारी संगठनका सचिव बुद्ध कुमार थापाले आभार व्यक्त गरेका छन | यसरी नै  स्ट्रीट लाईट जडान गर्नको निम्ति सहयोग पुराउने मङपु बिधुत विभाग अधिकारी एसएम सन्जीब सुब्बा अनि बिभागका कर्मचारी प्रकाश सुब्बा लगायत  बिधुत विभाग सम्पुर्ण सदश्यवर्गलाई सचिवले आभार व्यक्त गरेका छन | आजको यस एतिहासिक कार्यक्रममा भूपू सैनिक रोहित गुरुङ,एल.बी गुरुङ,भुपाल मोक्तान साथै ब्यापारी संगठनका सम्पुर्ण सदश्य सदश्यगण उपस्थित थिए |

आज २०१५ साललाई बिदाई दिदै अनि २०१६ नयाँ बर्षलाई स्वागत जनाउदै नालीडाड़ा ब्यापारी संगठनको अगुवाईमा यहाको दार्जीलिङ जाने फाटक देखि बसस्ट्यान्ड सम्म १४ वटा स्ट्रीट लाईट लगाउने कार्य गरियो |

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.