Trending Vids

मङपूमा भुटानबाट शितु काथोक रिम्पोछे आउने

Buddhism
माननीय गुरु स्व० डिन्छेन रिम्पोछेको कर्मथलो मङपू सिन्कोना बगान अन्तर्गत रङबी विभागमा अवस्थित देछेन थार्पालिङ सार्वजनिक बौद्ध गुम्बामा विगत २१ दिसम्बर देखि सात दिवशीय धार्मिक अनुष्ठान सम्पन्न भइरहेको छ | माननीय डुब्ला साङ्गे ग्याम्छो रिम्पोछे (सिक्किम) अनि श्रद्धेय टुल्कु छुल्ट्रीम दोर्जे (मङपू) को आध्यात्मिक सानिध्यमा सम्पन्न भइरहेको उक्त धार्मिक समारोहको अन्तिम दिन छे - वाङको कार्यक्रम राखिएको छ | उक्त छे - वाङ कार्यक्रममा महा महिम शितु काथोक रिन्पोछे (भुटान) को बिशेष उपस्थिति रहने भएको छ भने उनकै बाहुलीबाट पावन छे - वाङ प्रदान गरिने हुनाले सम्पूर्ण भक्तजन तथा बौद्ध धर्मानुरागीहरुलाई आयोजक समिति हार्दिक निमन्त्र्ना गर्दछ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB