Trending Vids

बाबा रामदेवलाई जीटीएक्षेत्रको पूर्वघोषित परियोजनाहरू यथाशीघ्र शुरू गरिदिने आग्रह

Bimal Gurung with Baba Ramdev, Acharya Balkrishna
गोरखा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङको नेतृत्वमा एक शीर्ष प्रतिनिधि टोलीले आज पतञ्जलि योगपीठका प्रमुखद्वय योगगुरू बाबा रामदेवजी अनि आचार्य बालकृष्ण महाराजसित भेटवार्ता गरी पतञ्जलि योगपीठको तर्फबाट जीटीएक्षेत्रको निम्ति पूर्वघोषित परियोजनाहरू यथाशीघ्र शुरू गरिदिने आग्रह गरियो।
गत केही महीनाअघि स्वामी बाबा रामदेवजी अनि आचार्य बालकृष्णजी महाराज दार्जीलिङ भ्रमणमा आउनुहुदाँ वहाँहरूले जीटीएक्षेत्रमा आचार्य कुलम् (विद्यालय), डेयरी फार्म अनि पतञ्जलिको शाखा खोल्ने घोषणा गर्नुभएको थियो। यी परियोजनाहरूको निम्ति आवश्यक जमीनहरू पनि छनौट भइसकेको छ।
पतञ्जलि योगपीठको तर्फबाट उक्त परियोजनाहरूको निम्ति डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) पनि तयीर पारिसकेको तथा चाड़ै पतञ्जलि योगपीठको तर्फबाट एक प्रतिनिधि टोली अन्तिमपल्ट जमीन निरीक्षणको निम्ति दार्जीलिङ आउने गोजमुमो प्रतिनिधि टोलीलाई स्वामी बाबा रामदेवजी अनि आचार्य बालकृष्णजी महाराजजीले जनाउनुभएको छ।
जीटीएक्षेत्रमा पतञ्जलि योगपीठको उक्त परियोजनाहरू शुरू गरिएको खण्डमा दार्जीलिङ पहाड़का धेरैजना युवाहरूले रोजगारको अवसर पाउनेछन् भने यहाँका कृषकलगायत सबै मानिसहरूको आर्थिक आयश्रोत पनि वृद्धि भएर जानेछ।
यसबाहेक पहाड़मा धेरै औषधीय पौधाहरू पाइने गरिएतापनि प्रयोगमा ल्याउन नसकिएको कारण अहिलेसम्म ती पौधाहरू केवल झारपातमामात्रै सीमित रहिआएका छन्। पतञ्जलि योगपीठको युनिट गठन भएको खण्डमा उक्त औषधीय पौधाहरूको पनि महत्व अनि मूल्य दुवै वृद्धि भएर जानेछ, जसको लाभ प्रत्यक्ष-अप्रत्यक्षरूपमा जीटीएक्षेत्रका मानिसहरूलाई नै प्राप्त हुनेछ।
यसबाहेक पतञ्जलि योगपीठको तर्फबाट उक्त परियोजनाहरू जीटीएमा शुरू गरिएको खण्डमा दार्जीलिङ पहाड़ मेडिसनल टुरिज्म हबको रूपमा पनि स्थापित भएर जानेछ।(Bimal Gurung Official)

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB