Trending Vids

मोर्चाको दिल्ली धरनामा भाग लिन लाब्दा मङपू समष्टिबाट ९१ जना हिडे

Gorkha Janmukti Morcha GJMM flag
गोर्खा जनमुक्ति मोर्चाको दिल्ली जन्तर मन्तरमा चलिरहेको धरना  प्रदर्शनलाई थप टेवा पुराउन आज लाब्दा मङपू समष्टिबाट जम्मा ९१ जना मोर्चा कार्यकर्ताहरु समष्टि सभासद रतन कुमार थापाको अगुवाईमा दिल्ली प्रस्थान गरेका छन् | उक्त कार्यकर्ताहरुको प्रतिनिधित्व गर्दै गोर्खा जनमुक्ति मोर्चा मंग्पू जोन महा सचिव रतन लामा, युवा मोर्चा लाब्दा मङपू समष्टि सभापति बिकास गुरुङ, सचिव विज्ञेन मिश्र, गोर्खा जनमुक्ति नारी मोर्चा मङपू जोन सभानेत्री मिरा दहाल, सचिवा सुर्यमणि राई, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन महासचिव गगन राई, मङपू शाखा युनियन सचिव बुद्ध कुमार थापा आदि गएका छन् | दिल्ली धरनामा भाग लिन गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिका शिर्षस्थ नेतृत्ववर्ग प्रियवर्धन राई मूल सचिव, अमृत योन्जन प्रवक्ता, अमर आले सांगठनिक सचिव, अनमोल थापा विधार्थी मोर्चा आदि पनि मङपूबाटै प्रस्थान गरेका छन् भने सम्पूर्णलाई गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय समिति सांगठनिक सचिव उर्गेन शेर्पाले खदार्पण गरि लक्ष्य प्राप्ति र धरना सफलताको निम्ति अग्रिम शुभकामना व्यक्त गरेको जानकारी समष्टि सदश्य अनित खातीले एक विज्ञप्ति मार्फत जनाएका छन् |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB