Trending Vids

लाब्दा सीपी प्राथमिक पाठशालामा वार्षिक पारितोषिक वितरण

annual prize distribution day at Labdah CP Primary school
यहाँको लाब्दा सिन्कोना बगान अन्तर्गत लाब्दा सीपी प्राथमिक पाठशालामा गत १८ दिसम्बर शुक्रबारको दिन वार्षिक पारितोषिक कार्यक्रम सम्पन्न भएको छ | पाठशाला प्रांगणमा  सह शिक्षिका रिता तामांगको उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रमलाई सह शिक्षक पवन राईले संचालन गरेका थिए भने यस वार्षिक पारितोषिक कार्यक्रममा लाब्दा विभाग सिन्कोना बगान चप्रासी मदन राईले सभापतित्वको भूमिका निर्वाह गरेका थिए | कार्यक्रममा पाठशालाका स साना नानीहरुले गीत, नृत्य एवम कविता वाचन गरेर सबैलाई मन्त्र मुघ्ध बनाएका थिए | पाठशालाले वार्षिक पारितोषिक कार्यक्रम संगै पाठशालाका नानीहरु अनि उपस्थिति अभिभावकहरुलाई बनभोजको पनि आयोजना गरेर हर्षोल्लासको साथ यस वर्षको शैक्षिक सत्रलाई विधा गरेका थिए | कार्यक्रमको अन्तमा पाठशालाको विभिन्न श्रेणीका पहिलो, दोश्रो अनि तेश्रो स्थानमा उतीर्ण विधार्थीहरुलाई उपस्थित सभापतिको बाहुलीबाट पुरस्कारहरु पनि वितरण गरेका थिए ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB