Trending Vids

केकेकेएस द्वारा तीनवटा महिला कृषि उत्पादन संगठन गठन

kalimpong krishak kalyan sangathan kkks launches women agriculture production organisation
कालेबुङ कृषक कल्याण संगठनका महा सचिव बिष्णु छेत्रीको अगुवाईमा बिगत केही वर्षदेखि मङपूका कृषकहरुलाई कृषि क्षेत्रमा सही मार्ग निर्देश गर्दै उन्नत किसिमले खेती गर्न र यसको बजार व्यवसायलाई दिशा देखाउन विभिन्न योजनाहरु अन्तर्गत अघि बढाउने काम भइरहेको छ भने यही कृषक कल्याण संगठनले नाबार्ड अर्थात राष्ट्रीय कृषि अनि ग्रामिण बिकास ब्यांकको तत्वधानमा मङपू, लाब्दा अनि सिटोंग गरेर जम्मा तीनवटा महिला कृषि उत्पादन समुह गठन गरेका छन् | मङपू महिला कृषि उत्पादन संगठन द्वारा मङपू विभागको सार्वजनिक भवनमा आयोजित यस कार्यक्रम सचिव  रविन तामांगले संचालन अनि रेणु गुरुङले स्वागत सम्भाषण राखेको थिए भने कार्यक्रमको अध्यक्षता मंग्पू विभागीय ग्याङमेन हरिप्रसाद राइले बहन गरेका थिए |  यही कार्यक्रममा महासचिव बिष्णु गुरुङले यी उत्पादन समुहहरु गठन गर्नुको उदेश्य अनि फाइदा बारे उपस्थित मङपू, लाब्दा अनि सिटोंगका महिला कृषि उत्पादन समुहका सदस्याहरुलाई प्रकाश पारेका थिए |   यसरी नै कालेबुङका कृषि विशेषज्ञ बी०आर० मल्लले सुन्तला, अलैंची अनि अन्य सब्जीहरुमा लाग्ने किरा, रोगहरुको रोकथाम बारेमा सबैलाई जनाए भने राष्ट्रीय कृषि अनि ग्रामिण बिकास ब्यांक चीफ जेनेरल म्यानेजर राजी गायानले पनि कृषि सम्बन्धि ज्ञानवर्धक टिप्पणीहरु दिएका थिए | 

आजको कार्यक्रममा सिन्कोना बगान व्यवस्थापक बिदुर कार्की, कालेबुङ कृषक कल्याण संगठनका महा सचिव बिष्णु छेत्री, नाबार्ड चीफ जेनेरल म्यानेजर राजी गायान,  कृषि विशेषज्ञ देवसिष रोय,  कृषि विशेषज्ञ बी० आर० मल्ल आदिको बिशेष उपस्थिति रहेको थियो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB