Trending Vids

बडादिन सुभारम्भ सुसन्देश कार्यक्रम

christmas arrival
मङपू हिमालयन फेथ चर्च द्वारा स्थानीय रेसेप बजार गान्धी प्राथमिक पाठशाला मैदानमा बडादिन शुभारम्भ कार्यक्रम भब्यरुपमा पालन गरेको छ | यस कार्यक्रममा मूल अतिथि ग्राम पंचायत सचिव के०पी० शर्मा उपस्थित रहेको थियो भने कार्यक्रम सभाध्यक्षको भार पनि सचिव शर्माले लिएका थिए | विशिष्ठ अतिथि रेसेप बजार निवासी बरिष्ठ नागरिक समाजसेवी अर्जुन कुमार दहाल, साहित्यकार सुरेन्द्र थिङ, रेसेप बजार कल्याणकारी समाजका सभापति उपेन्द्र राई, ग्राम पंचायत कर्मी राजु परियारको उपस्थिति रहेको थियो |

बडादिन सुभारम्भ कार्यक्रमको प्रारम्भिक प्रार्थना स्थानीय मण्डलीका एल्डर पी० योगी द्वारा गरिएपछि मण्डली युथ झुण्डबाट सुन्दर नृत्य, गीत, कविता वाचन गरिएको थियो | बडादिन सुभारम्भ कार्यक्रमको केक वरिष्ठ नागरिक एवम समाजसेवी अर्जुन कुमार दहालको बाहुलीबाट काटिएको थियो भने मण्डली सेवक पप्पु छिरिंग शेर्पाबाट बडादिन सम्बन्धि परमेश्वरको दिव्यवाणी प्रचार गरिएको थियो |
कार्यक्रममा स्थानीय मण्डलीका महासचिव राजेश मिश्र द्वारा कार्यक्रमलाई संचालन गरिएको थियो भने धन्यवाद ज्ञापन मण्डली सदस्य प्रसन राई द्वारा गरियो | अन्तिम कार्यक्रम समापनको प्रार्थना स्थानीय मण्डली रिनेस शेर्पाले गरेपछि कार्यक्रम सकिएको जानकारी आयोजकको पक्षमा रिनेस शेर्पा द्वारा एक विज्ञप्ति मार्फत जनाएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB