मङपू व्रिज अफ होप द्वारा प्री क्रिसमस कायक्रम

Bridge of hope believers church pre christmas celebration
व्रिज अफ होप विलिभर्स चर्च (Bridge of Hope believers church mungpoo ) द्वारा आज बडा दिन अथवा क्रिसमसको अग्रीम कार्यक्रम सम्पन्न गरेको छ | प्रत्येक वर्ष झैं यस वर्ष पनि यस चर्चले बडादिन धुमधामले मनाएका थिए भने कार्यक्रममा विलिभर्स चर्च विशप इमानुयल जुरिवो एवम रेसेप ग्राम पंचायत सचिव के०पी० शर्माको बिशेष उपस्थिति रहेको थियो साथ साथै रेसेप बजार अन्तर्गत पर्ने समाज, संघ - संस्थाका सभापति - सचिव क्रमैले भुपेन्द्र राई, संजीव देवान, ए०के० दाहाल, नरेश शर्मा, कपिल लोहार, भगवती प्रसाद लोहारीवाला एवम स्थानीय थाना सहप्रभारी कृष्ण तामांग आदिको पनि उपस्थिति रहेको थियो |
santa claus by bridge of hope mungpooयस बडादिनको सुअवसरमा विशप इमानुयल जुरिवोले बडादिन उत्सव मनाउनुको औचित्य बारे उपस्थित समुहलाई प्रकाश पारेका थिए | कार्यक्रममा व्रिज अफ होपका नानीहरुले नृत्य, गीत साथै नाटक आदि  प्रस्तुत गरेका थिए भने सिक्किमबाट आएका क्षेत्रीय कोअर्डिनेटर सिलभानस तामांगले व्रिज अफ होपको मुख्य उदेश्य सम्बन्धि प्रकाश पारेका थिए | यसको साथै आजको कार्यक्रममा नानीहरुलाई ब्ल्यांगकेट साथै ट्राउजर विभिन्न अतिथिको बाहुलीबाट वितरण गरेको जानकारी प्रोजेक्ट कोअर्डिनेटर बजेन शेर्पाले एक विज्ञप्ति मार्फत जनाएका छन् || 

व्रिज अफ होप विलिभर्स चर्च (Bridge of Hope believers church mungpoo ) द्वारा आज बडा दिन अथवा क्रिसमसको अग्रीम कार्यक्रम सम्पन्न गरेको छ | प्रत्येक वर्ष झैं यस वर्ष पनि यस चर्चले बडादिन धुमधामले मनाएका थिए

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.