Trending Vids

भगवान बुद्धको अस्तु मङपु गुम्बामा दर्शन

ashes of gautam buddha
भगवान बुद्धको अस्तु आज कालेबुङ देखि तक्दाह हुदै मङपु ल्याइ पुराईयो | आज दिउसो २ बजे यहाको दिन्छेन शेरप छोईलिङ बौद्ध गुम्बा मङपुमा २ घण्टाको निम्ति भगवान बुद्धको अस्तु स्थानीय भक्तजनहरुले दर्शन गरे | घयाबारी गुम्बाका धर्मगुरु मिङमा पासाङको अगुवाईमा आज भगवान बुद्धको अस्तु मङपु गुम्बामा आई पुग्यो | धर्मगुरु मिङमा पासाङले जनाए अनुसार भगवान बुद्धको तीनवटा अस्तु शिबाली(अन्नपूर्ण) बुद्द,शाक्य मणि(गौतम)बुद्द अनि आरया बुद्दको अस्तु श्रीलङकाबाट यहा ल्याई पुराईएको  जानकारी गराए | श्रीलङकाबाट बागडुग्रा हुदै घयाबारी गुम्बाबाट सुकुना,डुवर्स,जयगाउँ,कालीझोड़ा,कालेबुङ,तक्दाह अनि मङपु दर्शन गराए पछि आज यहाबाट भगवान बुद्धको अस्तु मिरिक प्रस्थान गरियो | आज भगवान बुद्धको अस्तु दुई घण्टाको निम्ति मात्र मङपु गुम्बामा रखिएता पनि भीड़को साथमा भारी मात्रमा भक्तजनहरुले अस्तुको दर्शन गरे | मिरिकपछि दार्जीलिङ अनि खर्साङमा पनि भगवान बुद्धको अस्तु लैजाने  जानकारी धर्मगुरु मिङमा पासाङले बताए |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB