Trending Vids

रोलक बस्तीमा ३७ परिवारले तृणमूल पार्टीको झण्डा समाते

37 families joins tmc in rolak busty sittong
तृणमूल कांग्रेस खरसाङ ब्लक सभापति शेखर प्रधानको अध्यक्षतामा गत २७ दिसम्बरको दिन खरसाङ खण्ड विकास क्षेत्रको सिटोङ III (Sittong III) ग्राम पञ्चायतको रोलक बस्ती (Rolak Busty) मा टीएमसी पार्टीको एक महत्वपूर्ण सभा बसेको छ | जहाँ रोलक बस्तीका शिक्षित, उत्साही तृणमूल कार्यकर्ताहरुले आफ्नो बलबुतामा रोलक बस्ती जन मैदानमा जनसभा आयोजना गरेर जीटीए गठन भएको साडे तीन बर्षको समय बितिसक्दा पनि आन्दोलनमा पूर्ण सहयोग पुर्‍याउने र आज सम्म पनि गोजमूमो पार्टीमा नै बहुमत भएर बसेको यो रोलक बस्तीमा कुनै विकासको योजनाहरु नआएको, सत्तासिन पार्टीको नेतृत्वहरुबाट पनि यहाँको जनतालाई कुनै महत्व नदिईएकोले गर्दा जनताको हक र अधिकारकोलागि आवाज उठाउन अनि गाउँको बिकास गर्नलाई जन नेत्री ममता दिदीमाथि आस्था र भरोसा राखेर तृणमूल कंग्रेस पार्टीमा सामेल भएको छ |



यही सभाले यसो पनि भनेका छन् कि २००७ मा केही नभएको साधरण व्यक्तिहरु छुट्टै राज्य गोर्खाल्याण्डको सिंगो मुद्धाको निम्ति गठित गोर्खा जनमूक्ति मोर्चा पार्टीको नेतृत्व सम्हालेदेखि ग्राम स्तरदेखि कै नेताहरु बिल्डिङ, गाडी, जमिनको मालिक हुनु अनि गाउँको पछाडिएको गरिब जनताले चैँ १०० दिेने काम धरि नपाएको, आफ्नो जब कार्ड, पास बुक देख्नै नपाउनु, गाउँमा कुनै सरकारी साहुलियत, विकासको काम आउँदै नआउनु अर्थात संक्षिप्तमा भन्नु पर्दा गोजामूमो पार्टीको गोर्खाल्याण्ड आन्दोलनको उपलब्धि यति नै मान्न सकिन्छ। अहिले आन्दोलनमा दिलोज्यान दिएर खट्ने गाउँ गाउँको जनताले यसरी समीक्षा गर्न थालेका छन् र आफ्नो गाउँको विकास गोजामुमो पार्टीको नेतृत्वहरुबाट पटक्कै नहुने देखेर राजनैतिक परिवर्तनको दौडमा लागेका छन्।

यसको साथै राष्ट्रीय राजमार्गको लोहापुलदेखि रोङचोङ बस्ती तर्फ पसेर त्यहाँबाट अझै अर्को दुर्घटना पर्खिएर बसेको रियाङ खोलामाथिको पुरानो झोलुंगे पुल तरे पछि आधा घन्टा जस्तो उकालै उकालो हिँडेर पुगिने रोलक बस्ती खरसाङ पट्टिबाट आउँदा लंकु बस्ती बिरिकको बाटो एस गोलाईदेखि ओह्रालो त्यतिकै हिडँन पर्छ। गोजामूमो पार्टीको महा सचिव श्री रोशन गिरीले प्रतिनिधित्व गर्ने अनि जीटीए बन विभागका भारप्राप्त सभासद श्री रतन थापाको जन्मथलो ३१ सिटोङ लाटपञ्चर समष्टीमा  पर्ने यो बस्तीमा आज सम्म गाडीको सडक पुगेको छैन भनी बताएका छन् |



जन सभालाई दार्जीलिङ तृणमूल महिला कंग्रेस अध्यक्षा श्रीमती शारदा राई सुब्बा, दार्जीलिङ हिल तृणमूल कंग्रेस महा सचिव श्री एन बी खवास, खरसाङ ब्लक तृणमूल कंग्रेस सभापति श्री शेखर प्रधान, उपाध्यक्ष श्री पेम्बा डुक्पा, जिल्ला कमिटि सदस्य श्री मिरेन लामा, तृणमूल कंग्रेस सिटोङ III सचिव श्री दावा शेर्पा, तृणमूल कंग्रेस सिटोङ I कमिटि सचिव श्री कुमार राई अनि तृणमूल कंग्रेस रोलक बस्ती कमिटि सभापति श्री एन के गिरी आदिले सम्बोधन गरेक थिए भने वरिपरीका जनताहरु व्यापक मात्रामा भेला भएका थिए।

आजको सभामा यश गाउँका अझै ३७ परिवारले जन नेत्री ममता दिदीमाथि आस्था र भरोसा राख्दै गाउँको विकास र गरीब जनताको अधिकार खोज्नलाई तृणमूल पार्टीको झण्डा समातेर पहाडमा राजनैतिक परिवर्तनको नारा लगाएको जानकारी दार्जीलिङ तृणमूल महिला कंग्रेस अध्यक्षा श्रीमती शारदा राई सुब्बाले एक विज्ञप्ति मार्फत जनाएका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB