चालिस धुरामा सिम्ले युनाइटेड विजयी

Cinchona Manager Naresh Baraily with football referee Santosh Biswa
मङपूको चालिस धुरा सोसियल वेलफेयर एसोसिएशनको तत्वधानमा सम्पन्न भइरहेको नर बहादुर थापा मंगर स्मृति कप लात्ते भकुण्डो प्रतियोगिताको आज फाइनल खेल सिम्ले युनाइटेड बनाम लाब्दा सुन्तले युनाइटेड माझ सम्पन्न भएको छ | खेलको शुरु देखि नै सुन्तले युनाइटेडले विपक्षी दललाई पूर्ण दबाउ दिंदै बारबार गोल पोस्टमा आक्रमण गरेर तर्साउन सम्म तर्साए पनि गोल गर्न सकिरहेको थिएन भने विपक्षी दल सिम्ले युनाइटेडले पनि आफ्नो टीमलाई जिताउने होडमा गोल गर्ने कोशिश गरे पनि सारा प्रयास विफल भएको थियो | यसरी नै पूर्वार्धको खेलमा बराबरी रहेको म्याचमा उतरार्धको खेलमा दुवै दलले गोल गर्ने जोडदार प्रयाश गरेका थिए | खेलको अन्तसम्म नै सिम्लेलाई पेल्ने सुन्तलेलाई गोल गर्ने सौभाग्य भने जुटेन | यसरी निर्धारित समयसम्म पनि खेलको परिणाम निस्कन नसक्दा निर्णायकले ट्राई ब्रेकर गराएर निर्णय निकाल्न पर्ने भयो जसमा सिम्ले युनाइटेड विजयी बन्दै नर बहादुर थापा स्मृति कप संगै बीस हजार हत्याउन सफल बन्यो | खेलको उपविजेता दल सुन्तले युनाइटेडलाई पनि रनर ट्रफी संगै दश हजार रुपियाँ प्रदान गरिएको थियो | सन् २०१२ मा स्थापित ४० धुरा सोसियल वेलफेयर एसोसिएशन द्वारा आयोजित चुडान्त खेल कार्यक्रमको संचालन बिरेन गोलेले गरेका थिए भने आजको मुख्य अतिथि सिन्कोना व्यवस्थापक नरेश बराईली रहेका थिए ||

मङपूको चालिस धुरा सोसियल वेलफेयर एसोसिएशनको तत्वधानमा सम्पन्न भइरहेको नर बहादुर थापा मंगर स्मृति कप लात्ते भकुण्डो प्रतियोगिताको आज फाइनल खेल सिम्ले युनाइटेड बनाम लाब्दा सुन्तले युनाइटेड माझ सम्पन्न भएको छ |

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.