Trending Vids

मङपू विभागमा सार्वजनिक भवनको उद्घाटन

community hall inauguration by ratan thapa in presence of binay tamang
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सुचना एवम सांस्कृतिक विभागको कोष अन्तर्गत खर्सांग इन्जिनियरिंग डिपार्टमेन्ट द्वारा निर्मित मङपू चौरस्ता नजिक सार्वजनिक भवनको आज विधिवत उद्घाटन गरिएको छ | ४७ लाख रुपियाँ लागतमा निर्मित यस सार्वजनिक भवन उद्घाटन कार्यक्रममा जीटीए सुचना एवम सांस्कृतिक विभाग सभासद बिनय तामांगको प्रमुख अतिथ्य रहेको थियो भने उनैको उपस्थितिमा लाब्दा मङपू समष्टि सभासद रतन थापाको बाहुलीबाट उक्त नव निर्मित  भवनको उद्घाटन भएको छ |  आज उद्घाटन गरिएको सार्वजनिक भवन संचालनको निम्ति एउटा कमिटी गठन गर्दै एउटा केयर टेकर पनि नियुक्त गरिने भएको छ | आफ्नो सम्भाषणको क्रममा सभासद बिनय तामांगले नव निर्मित भवनको निम्ति केयर टेकर, बिधुतिकरण, टोइलेट, टेबल - चौकी आदिको लिस्ट बनाएर बिभाग समक्ष चाडै बुझाउने सुझाउ दिंदै यसै मुताबिक बिस्तारै काम हुने बताएका छन् |
सार्वजनिक भवन उद्घाटन समितिले भवनको उद्घाटन संगसंगै गाउँक अर्थात मंग्पू विभागकै छोरा डा० ज्ञानचन्द्र गुरुङ जो केही बर्ष अघि मात्र विद्यावारिधि (डक्टरेट) को उपाधि ग्रहण गरेका थिए साथै उनले आफ्नो शैक्षिक यात्रामा प्राप्त गरेका अवर्णनीय उपलब्धिहरुको कदर गर्दै उनलाई संवर्धना जनाएका छन्  | यसै विषयमा सभासद बिनय तामांगले पनि उनलाई शैक्षिक क्षेत्रको निम्ति जीटीएले सकेसम्म सहयोग गर्दै उनको निम्ति केन्द्र सरकार समक्ष पनि सिफारिस गरिदिने बचन दिएका छन् |


उद्घाटन कार्यक्रममा मुख्य रुपले सभासद द्वय रतन थापा, बिनय तामांग, खर्सांग इन्जिनियरिंग डिपार्टमेन्ट एक्जुकेटिव इन्जिनियर कुमुद रंजन गिरी, जुनियर इन्जिनियर पाल्सांग रुम्बा, ठेकेदार कमल पाण्डे लगायत मोर्चा मंग्पू जोनका पदाधिकारी क्रमैले प्रदीप छेत्री, रतन लामा, गगन राई, बिकास गुरुङ आदि उपस्थित रहेका थिए |
 मङपू विभागीय ग्यांगमेन हरिप्रसाद राईको अध्यक्षतामा सम्पन्न आजको उद्घाटन कार्यक्रम संचालन अशित थापाले गरेका थिए भने स्वागत भाषण बुद्ध कुमार थापाले राखेका थिए |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB