गोरामुमो मङपू युनिटको सभा सम्पन्न

Gorkha National Liberation front GNLF flag
गत २९ नोभेम्बरको दिन स्थानीय यू०पी० प्राथमिक पाठशाला मङपूमा गोरामूमो मङपू युनिटको एउटा सभा युनिटकै सभापति कैलाश पाख्रिनको सभापतित्वमा बसेको छ | सभामा खरसाङ ब्रान्च कमिटि प्रचार प्रसार सचिव एवम संगठनिक सचिव दया देवानले वर्तमान पहाडको राजनैतिक उतार चडाउमाझमा छैटौं अनुसुचिले नै गोर्खा जातिको भविष्यलाई सुरक्षा दिनेछ भन्ने कुरा बर्तमान समयमा सबैले नै स्वीकारी सकेको र यसमा सबैले नै साथ दिएर सरकार समक्ष हाम्रो आवाज पुराउन पर्छ भन्दै आह्वान गरे | छैटौं अनुसुचिलाई बुझेर दिल्ली साथै देहरादुनमा पनि गोरामुमो शाखा गठन गरिएको जानकारी सभामा सबैलाई बताए | बिलेज चिफ साथै भीपीसीको अबोप्रान्त ठूलो दायित्व रहन्छ, छैटौं अनुसुचि लागु भएपछि अझ भार बढेर जानेछ त्यसको निम्ति आजदेखि नै तम तयार भएर बस्ने आग्रह सबैलाई गरेका छन् |

छैटौं अनुसुचिबारे बोल्दै चमन प्रधानले हाम्रो माग छैटौ अनुसुचि विधान सभाबाट पास भएर दिल्ली सांसदसम्म पुगिसकेको छ र यसलाई लागु गराउन केवल सम्पूर्ण गोर्खा जातिको साथ चाहिन्छ भन्ने कुरोमा जोड दिए |
खरसाङ ब्रान्चका उपाध्यक्ष आनन्द राईले आफ्नो सम्बोधनमा गोरामुमो पार्टी अनि यसका जन्मदाता सुबास घिसिंग सत्य हो, गोर्खा जातिलाई उन्मुक्ति दिलाउने छैटौं अनुसुचि पनि त्यतिकै सत्य हो, यसैले सबैलाई सत्यको साथ दिने आग्रह गरे | गाउँ बस्ती पैदल हिडेर पनि कहिले गोर्खाल्याण्ड हुन्छ भन्ने प्रश्न गर्दै हाम्रो मुद्दा त संसदसम्म पुगिसकेको छ भन्ने जानकारी गराए | आफ्नो स्वार्थको निम्ति जातिलाई नै सर्वनाश गर्ने नेताहरुको पछि नलागेर सम्पूर्ण गोर्खा जातिको सुरक्षा गर्ने छैटौं अनुसुचिलाई बुझेर सबैले अघि आइदिने अनुरोध गरेका छन् | अब समय आएको बताउंदै सबै एक भएर भविष्य र भावी पिडीको निम्ति केही गर्ने यदि यो समय पनि हामीले खेरो फाले हामीलाई हाम्रो सन्तानले धिक्कार्ने कुरा सबमा उपस्थित सबैलाई बताए |

सभामा फरेस्ट बस्ती भिलेज चीफ बी० बी० राई, लाब्दा बस्ती भिलेज चिफ वाङछेन शेर्पा, रम्बी बिचकमान भिलेज चीफ मिलन शेर्पा आदिले पनि सभामा वक्तब्य राखेका थिए | सभालाई अनूप गुरुङ खरसाङ ब्रान्च कमिटिका सदश्यले संचालन गरेका थिए भने आगमी ६ दिसम्बरको दिन हुने सम्झौता दिवसमा धेरै मात्रामा मङपूका जनता समावेश हुने जानकारी मङपू लाठपन्चर समष्टि प्रचार प्रसार सचिव बेनु बोम्जनले दिएका थिए ||

गत २९ नोभेम्बरको दिन स्थानीय यू०पी० प्राथमिक पाठशाला मङपूमा गोरामूमो मङपू युनिटको एउटा सभा युनिटकै सभापति कैलाश पाख्रिनको सभापतित्वमा बसेको छ |

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.