Trending Vids

लाब्दा बस्तीमा गोरामुमोको सांगठानिक सभा सम्पन्न

Gorkha National Liberation Front GNLF Flag
पहाडको राजनैतिक उथुल पुथुल भइरहेको समयमा सम्पूर्ण गोर्खा जातीको राजनैतिक स्थायित्व दिलाउन गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पार्टीको कार्यक्रमलाई दिशा दिन मंग्पू लाठ समष्टि अन्तर्गत लाब्दा बस्ती स्थित सार्वजनिक भवनमा गोरामुमो खर्सांग ब्रान्च कमिटि सदश्य चमन प्रधान अनि काली बहादुर गुरुङ एवम मंग्पू शाखा गोर्खा राष्ट्रीय नारी संगठन सरिता तामांग, गोरामुमो मंग्पू उप सभापति राम बहदुर प्रधानको उपस्थितिमा एक सांगठानिक सभा भिलेज चिफ ओंगछेन शेर्पाको सभापतित्वमा सम्पन्न भयो  | सभामा खर्सांग ब्रान्च कमिटि सदश्य केबी गुरुङले सम्बोधन गर्दै आफुले माटो अनि जातिको निम्ति आफ्नो सर्वस्व गुमाए पनि आज पर्यान्त माटो अनि जाति कै निम्ति अघि बढिरहेको बताए |
यसरी नै सरिता तामांगले सम्पूर्ण नारी संगठन एक भएर हाम्रा दाजु भाइसित काँधमा काँध मिलाएर संवैधानिक ग्यारेन्टी भएको छैटौं अनुसूची पहाडमा लागु गराउन सरकारलाई बाध्य बनाउन अब तयार भएर बस्नु पर्ने आह्वान गरे |

जीटीए कस्तो व्यवस्था हो कस्तो चल्दैछ ? भन्ने विषयलाई गहनतासाथ सभामा आफ्नो दुई कुरा राख्दै   आज जीटीएको एकाउन्ट छैन, जति पनि बिकासको कोष आउँदैछ सबै दागोपापको नाममा आउँदैछ भने दागोपाप संवैधानिक ग्यारेन्टी भएको व्यवस्था हो भन्ने सत्य कुरा आज सावित भएको कुरा चमन प्रधानले सबैलाई जनाए | यो दागोपाप भन्दा अझ क्षमताशील व्यवस्था छैटौं अनुसूची हो, यसैबाट नै गोर्खाको भाग्योदय हुनेछ भन्ने धारणा पनि सभामा उनले राखे |
सभामा मंग्पू लाठ समष्टि भीपीसी चिफ कुलदीप राइले पनि सम्बोधन गरेका थिए | सभाको दोश्रो चरणमा सम्पूर्ण मंग्पू एवम खर्सांग ब्रान्च कमिटीका सदश्यवर्गको उपस्थितिमा युवा जमातलाई लिएर १६ जनाको भीपीसी गठन गरियो जसबाट अकिल राईलाई लाब्दा बस्ती प्रशाखाको भिलेज चिफ, पेम्फु शेर्पा अनि शुक्र मुखियालाई कन्भेनर चुनिएको छ |

सभाको तेश्रो चरणमा गोरामुमो लाब्दा बस्ती प्रशाखा सचिव आनन्द राई हाल मंग्पू जोनको सचिव पनि भएकोले दुवै शाखा एवम प्रशाखाको सचिवको भार बहन गर्न असमर्थ हुँदा पार्टीको कार्य सुचारु रुपले संचालन गर्नलाई आजको सभाले फुर्बा शेर्पा (बेवीन)लाई लाब्दा बस्ती प्रशाखाको संगठनिक सचिव नियुक्त गरियो |

सांगठानिक सचिवको पदभार ग्रहण गरेपछि फुर्बा शेर्पाले विगतमा गोजमुमो युवा मोर्चाको एक सक्रीय सदश्यको नाताले गोर्खाल्याण्डको निम्ति समर्पित भइ राँके जुलुश, धर्ना, जेल भरौ जस्तो कार्यमा तन मन दिएर खटे पनि आज गोजमुमो पार्टी केवल आफ्नो स्वार्थ पुरा गर्ने पार्टी रहेछ भन्ने कुरा बुझी सही समय अनि सही फैसला लिएर कसैको करकाप बिनानै गोरामुमोमा सामेल भएको बताए |

छैटौं अनुसूची मात्र गोर्खाल्याण्डको अर्को विकल्प रहेछ भन्ने कुरा बुझेपछि छैटौं अनुसूची नभइन्जेल यही हरियो झण्डाको छत्र छायाँमा बसी कार्य गरिरहने कुरा पनि फुर्बा शेर्पाले जनाए | मंग्पू जोन सचिव आनन्द राईले संचालन गरेको सभामा भीपीसी चीफ अकिल राईले पनि सम्बोधन गरेका थिए ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB