Trending Vids

मङपू गोल्डकपमा च्याम्पियन बिर्तामोड एफसी

Birtamod fc wins KFC siliguri in Mungpoo gold cup
अधिकांश समय नै ब्याकफूटमा रहे पनि दोश्रो हाफमा छिराएको एकमात्र गोलको सहायताले गत च्याम्पियन बिर्तामोड एफसी नेपाल (Birtamod FC Nepal) ले मङपू युथ क्लबको तत्वधानमा आयोजित यस लोकप्रीय फूटबल टुर्नामेन्ट अन्तर्गत सोमबार खेलिएको फाईनलमा बिर्तामोड एफसीले कन्चनजंगा फूटबल क्लब केएफसी सिलिगुडीलाई १ – ०  ले पराजित गरी आफ्नो खिताब कायम राख्यो | म्याचमा अधिकांश समय नै गोली आफ्नो दखलमा राखे पनि केएफसीलाई आज भाग्यले साथ दिएन अनि उपबिजेताको रुपमा चित्त बुझाउन पर्यो | स्थानीय जन मैदानमा हजारौं दर्शकहरुको उपस्थिति बिच आजको फाईनल म्याचमा पहिलो हाफको खेल केएफसीको नाममा रह्यो | अमिर लामा र हब्सी फूटबलर टीमलाई अघि राखेर आक्रमणमा ओर्लिने केएफसीले शुरुवाती आधा घण्टाको खेलमा गत च्याम्पियन टोलीको सातोपुत्लो उडायो | यस अवधि उनीहरुले गोल गर्ने कम्तीमा पनि चारवटा मौका गुमाए अनि एकपल्ट त गोली बारमा लागेर फर्कियो | बीच – बीचमा प्रतिआक्रमण गर्ने नेपालको टोलीले पहिलो हाफमा बिशेष मौका सृष्टि गरेन | दोश्रो हाफको खेलमा चाहिँ बिर्तामोड एफसीको खेलमा धेरै सुधार देखियो जबकि केएफसीले पनि आक्रमक खेल जारी राख्दा म्याच रोमान्चक बन्यो | यसै क्रममा म्याचको ५५ औं मिनटमा १८ नम्बर जर्सीधारी विकाश लिम्बुले मौकालाई काममा लगाउंदै गोल गरेर बिर्तामोड एफसीलाई बढ्त दिलाए | जुन अन्तमा गएर निर्णायक साबित भयो | रहल समयको खेलमा केएफसीले बराबरी हासिल गर्ने सक्दो प्रयास गर्यो तर बारम्बार भाग्यले साथ् नदिंदा उनीहरुको हरेक प्रायस असफल भयो | दोश्रो हाफमा पनि केएफसीको दुइटा शुट बारमा लागेर फर्कियो  | म्याचमा गुल्चे खेल्दा च्याम्पियन टोलीका दुइजना खेलाडीलाई पहेंलो कार्ड देखाइयो |



खेलको शुरुमा स्थानीय सेन्ट एन्थ्रोनीका स – साना नानीहरुले दुवै टीमका खेलाडीहरुलाई मैदानमा उतारेका थिए | एनके बराईली सिन्कोना बगान व्यवस्थापकको अध्यक्षतामा सम्पन्न फाईनलमा मुख्य अतिथिको रुपमा जीटीएका डिपुटी चिफ कर्णल रमेश आले उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा सभासद मङपू लाब्दा समष्टि रतन थापा, सिन्कोना बगानका निर्देशक डा० सामुयल राई, पूर्व एडीएम गोपाल लामा, हेडक्वाटर म्यानेजर बिदुर कार्की, केएफसीका कार्यकारी अध्यक्ष सुरेन प्रधान, हिमालय दर्पणका मुख्य सम्पादक शिबु छेत्री आदि उपस्थित थिए | प्रमुख अतिथिको बाहुलीबाट च्याम्पीयन टोलीलाई ट्रफी सहित नगद राशी एक लाख र रनर अप टोलीलाई ट्रफी सहित नगद राशी ५० हजार रुपियाँ प्रदान गरियो | मङपू खेलकूद संघका सचिव राम पोख्रेलले संचालन गरेको कार्यक्रममा गायिका शर्मिला रसाइलीले सुन्दर गीतहरु पेश गरिन | अन्तमा मङपू युथ क्लबका सचिव मन्जय गुरुङ र अध्यक्ष मिगेन्द्र  राइले टुर्नामेन्टको सफलताको निम्ति सबै प्रति कृतज्ञता व्यक्त गरे भने खेल शरु देखि नै प्रचार प्रशारमा साथ दिने हिमालय दर्पणका मुख्य सम्पादक शिबु छेत्री अनि क्षेत्रीय संवाददाता केशर मोक्तानलाई पनि स्मृति चिन्ह प्रदान गरेका थिए | खेल आयोजकले आजको बेस्ट प्लेयर केएफसीका जर्सी नम्बर ८ टिमोलाई चुनेका थिए भने आजसम्मको खेलमा बेस्ट टीम कालेबुंग शेयर एफसीलाई चुनेका थिए | फाइनल म्याच अघि रेशेप सिन्कोना बगान र व्यवस्थापक सिन्कोना बगान बिच प्रदर्शनी म्याच खेलियो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB