Trending Vids

बिर्तामोड़ एफसी मङपु गोल्डकपको फाईनलमा

Birtamod FC enters mungpoo gold cup final
गत बर्षको च्याम्पीयन बिर्तामोड़ फुटबल क्लब (Birtamod FC) यसपल्ट पनि मङपु गोल्डकपको फाईनलमा प्रवेश गर्न सफल बनेका छन | मङपु बोईज युथ क्लबको आयोजनमा सम्पन्न भईरहेको प्रथम सेमिफाईनल खेलमा आज ट्राइब्रेकरमा एमवाईसी मङपुलाई पराजित गरि बिर्तामोड़ फुटबल क्लब फाईनलमा पुग्न सफल बने | हजारौं दर्शकले भरेको मङपु खेल मैदानमा आजको खेलमा दुई दलका खेलाडीहरुले बिपक्षीको नेटमा गोल दाग्ने थुप्रै मौका पाएता पनि निर्धारित ९० मिनट सम्म दुई पक्षबाट कुनै गोल हुन सकेन अन्तमा ट्राइब्रेकरमा  ४ को बिरुद्द ५ गोल गरेर बिर्तामोड़ एफसीले मङपु गोल्डकप फुटबल फाईनलमा  जगा पक्का बनाए | आजको खलेमा एमवाईसी मङपुको पक्षमा ५ जना नाईजेरियन निग्रो खेलाडीहरुले खेलेता पनि नेपाल बिर्तामोड़ खेलाडीको अघि निग्रो खेलाडीको कुनै सिप चलेन | अधिकारीक मिडिया पार्टनर हिमालयदर्पण रहेको आजको खेलमा प्रमुख अतिथि सिन्कोना बगान पूर्बनिर्देशक डा.ज्ञान चन्द्र सुब्बा अनि बिशिष्ट अतिथि सिन्कोना बगान व्यवस्थापक एन.के.बराईली उपस्थित थिए | मङपु गोल्डकपको दोश्रो सेमीफाईनल खेल भोली ८ नोभेम्बरको दिन  मङपु जनमैदानमा टी.ए. दार्जीलिङ अनि केएफसी सिलगडी माझ भीड़न्त हुनेछ | यस गोल्डकपको फाईनल खेल १६ नोभम्बर २०१५को दिन मङपु जनमैदानमा सम्पन्न हुनेछ भने उक्त टुर्नामेन्ट विजय दललाई नगद राशी एक लाख सहित ट्रफी अनि पराजय दललाई ५० हजार सहित ट्रफी प्रदान गर्ने भएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB