Trending Vids

मङपू विलिभर्स चर्चमा एडभेन्ट उत्सव

Advent day celebration mungpoo
गत २९ नोभेम्बरको दिन स्थानीय मण्डलीको तत्वधानमा हर्सोलासको साथ एडभेन्ट उत्सव (Advent Day) पालन गरिएको छ | उत्सवमा विलिभर्स चर्च, दार्जीलिंग रिजनल अन्तर्गत २५ वटा मण्डलीका पास्टर, फादर एवम मिशिनरीस लगायत ३० जनाले अंशग्रहण गरेका थिए | कार्यक्रममा बिसप इमानुयल जुरिवो ज्युको प्रार्थना पछि आरम्भ गरिएको थियो जसमा स्वागत भाषण जतिन राईले गरेका थिए एवम समारोह संचालनको सम्पूर्ण भार जिल्ला फादर शोलोमन सुब्बाले गरेका थिए |
  "एडभेन्ट"समस्त - मण्डलीको निम्ति आगमन कालको समय एउटा महत्वपूर्ण घटना हो, यस विषयमाथि विस्तृत रुपमा प्रकाश पार्दै विसप इमानुयल जुरिवोले बाइबलीय वचन द्वारा जनाउनु भयो | “ एडभेन्ट" लेटिन भाषाबाट आएको शब्द हो जसको अर्थ आगमन वा आउनु भन्ने हुन्छ | यसैले सिधै येशु ख्रीष्टको देह धारणलाई दर्शाउँछ र मानव जातिको उद्धारको इतिहासमा परमेश्वरको योजना प्रकट गर्छ भने अर्को शब्दमा यसले येशुको जन्म दिनको घटनाको बारेमा बताउँछ जसलाई हामी सामन्यरुपमा ख्रीष्टमस भनेर भन्दछौ | यसले यो संदेश दिन्छ कि परमेश्वर पृथ्वीमा आउनु भयो र हाम्रो बिचमा रहनु भयो |  यो उत्सव र आनन्द गर्ने एडभेन्ट काल ख्रीष्टमस दिनको चार वटा आइतबार अघाडिदेखि शुरु हुन्छ भने पहिलो  एडभेन्ट नोभेम्बर २९ तारिख, दोश्रो दिसम्बर ६, तेश्रो दिसम्बर १३ र चौथो  एडभेन्ट दिसम्बर २० तारिख हुन्छ |  एडभेन्ट ख्रीष्टमा मानव जातिको निम्ति परमेश्वरले गर्नु भएको अनुग्रही कामको याद गर्ने एउटा समय हो र हाम्रो उद्धार सम्भ्व बनाइदिनु भएको निम्ति उहाँलाई धन्यवाद दिने समय पनि हो | उहाँ पृथ्वीमा आउनु भएको प्रथम आगमन हो र उहाँले हामीलाई यहाँको दोश्रो आगमनको निम्ति तयार पार्दै हुनुहुन्छ र पवित्र आत्मा द्वारा आज हाम्रो बिचमा ख्रिस्टको उपस्थितिको उत्सव पनि हो | येशु ख्रीष्टको आगमनले परमेश्वरको राज्य र येशुले सुचना दिनु भए झैं उहाँका मानिसविच वहाँको शासन दर्साउँछ मति २८ : २० अनुसार ) |

उक्त उत्सवमा स्तुति आरधना युवा झुण्डबाट नेहाल राई अनि साथीहरुले गरेका थिए | मङपू स्थानीय विलिभर्स रन्जुभेल्ली, रंग्बी भैंसेटार, सिम्ले अनि रेसेप मण्डलीका पास्टरहरु अनि विश्वासीजन एवम स्थानीय सी० एन० आई० मण्डलीका रेभ एडविन साराजा राईको आतिथीय उपस्थिति रहेको थियो भने मिडियाको पदभार मङपू च्यानलबाट सुदन राई अनि दैनिक पत्रिकाबाट राजेश थापाको पनि उपस्थिति रहेको जानकारी एल्डर सोनाम शेर्पा वी०सी०आई० रेशेप मङपूले एक प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB