Trending Vids

सन्त मंगल एकाडेमीको १९ औं वार्षिक कार्यक्रम सम्पन्न

Saint Mangal Academy Annual concert 2015
सन्त मंगल एकाडेमी (Saint Mangal Academy) ले आफ्नो १९ औं वार्षिक कार्यक्रम साथै महात्मा गान्धीको १४६ औं जन्म जयन्ती एकै दिन यहाँको रविन्द्र भवनमा सम्पन्न गरेको छ | कस्तुरी एमएसकेका सह शिक्षक दिलिम शर्माको अध्यक्षता तथा मंग्पूका विभिन्न विधालयका प्रधान शिक्षकहरु अनि वरिष्ट अभिभावकहरुको उपस्थितिमा सम्पन्न यस कार्यक्रमको थालनी गुरुजी श्री १०८ मंगलदासजी तथा महात्मा गान्धीको प्रतिकृतिमा माल्यार्पण अनि दिप जलन गरेर भएको थियो | विधालयको " कल्चरल क्लब " को विशेष तयारीमा भएको सांगीतिक सह शिक्षिका प्रिसिका फोनिंगबाट स्वागत सम्भाषणपछि सर्वप्रथम सुनिल लकान्द्री द्वारा रचित अनि संगीतवद्ध "गुरु समर्पण गीत" को गायन भएको थियो | नर्सरीदेखि आठौँ श्रेणी सम्मका नानीहरुले विविध भाषाका सामुहिक तथा एकल गीतहरुको गायनपछि विभिन्न लोक भाकामा आधारित मारुनी, सेलो, झ्याउरे तालहरुका गीतहरुमा सुन्दर नृत्यहरु प्रस्तुत गरेका थिए | स्व० अरुणा लामालाई श्रधान्जली स्वरूप " हे कान्छा मलाई सुनको तारा" बोलको युगल गीत आठौं श्रेणीका छात्र यांगदीप तामांग अनि सातौं श्रेणीका छात्रा प्रियाँसा प्रधानले गाएका थिए |

कार्यक्रममा प्राचार्य मन्जीत थापाको सम्भाषण  संगै सम्पन्न नानीहरुलाई प्रेरणा स्वरूप पारितोषिक वितरण कार्यक्रममा गत अर्धवार्षिक परिक्षामा विविध विषयहरुमा सर्वोच्च अंक प्राप्त गर्ने सातौँ श्रेणीका छात्रा प्रसंसा तामांग अनि चौथो श्रेणीका विद्यार्थी समिप छेत्री अनि खुशी प्रधानलाई क्रमश: सरस्वती उच्च माध्यमिक विधालयका प्रधनाचार्य देविका मोक्तान, हिल एन्जेल्सका प्रिन्सिपल मनोज मोक्तान, शिदार्थ मेमोरियलका प्रिन्सिपल निला राईको बाहुलीबाट नगद पुरस्कारहरु प्रदान गरिएको थियो | यसरी नै आठौँ श्रेणीका छात्र सन्दीप तामांगलाई राम्रो संगीत संयोजन गरेवापत विधालयले वाध्यवादनले पुरस्कृत गरे | पुरस्कार स्वरूप प्रदान गरिएको वाध्यवादन " गिटार" विधालयकै भू०पू० शिक्षक वेणु  बोम्जनको बाहुलीबाट हस्तान्तरण गरिएको थियो | यसरी नै नृत्यकलाको निम्ति युकेजीका छात्रा युडेन तामांग अनि प्रथम श्रेणीका छात्रा स्मृति राईलाई विधालय संचालन समितिका सभापति गणेश मिश्रको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो |


नानीहरुलाई नाट्य विधामा परिचय गराउन प्रस्तुत दोश्रो श्रेणीका विधार्थीवर्ग द्वारा अभिनित गीति नाटक " बाल श्रमबाट मुक्ति" ले सम्पूर्ण उपस्थितिको मन छुने काम गरेको थियो भने नेपाली एकांकी नाटक " भ्रष्टचारको परिणाम" तथा अंग्रेजी शिक्षापरक एकांकी " सेयरिंग इज लाभिंग " ले कार्यक्रमलाई थप रोचकता ल्याएको थियो | कार्यक्रममा सह शिक्षक सुनिल लकान्द्री, रन्जु कार्की अनि बेनु बोम्जनले पनि एकल गीत प्रस्तुत गरेका थिए ||  

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB