Trending Vids

सिटोङ सिलोआम चर्चद्वारा सडक मरम्मत

Road repaired by sittong siloam church
सिटोङ, २७ अक्टोबर (सञ्जीव छेत्री)|: सिटोङ सिलोआम चर्च (Sittong Siloam Church) का युवा अनि वयस्क सदस्यहरुद्वारा तल्लो सेब्जेस्थित पहिरो गएको ठाउँमा साथै स्कूल गाउँ चर्चसम्म सडक मरम्मती गरेको जानकारी किशोर राईले दिएका छन | उक्त निर्माणाधीन सडकको हाल अलकत्रा ओछ्याउने काम भएको छैन र जग्गा जग्गा गाडी कुद्न नसक्ने अवस्थामा रहेको हुनाले चर्चको सामाजिक कार्यक्रम अन्तर्गत उक्त मरम्मती कार्य गरिएको बताइएको छ | उल्लेख्य, सिटोङ भेगलाई मङपुसँग जोड्ने जोगिघाटको फलामे पूल अनि तल्लो सिटोङसम्म चौडादार सडकमा अलकत्रा विछ्याउने कार्य सकिएको छ | स्थानीय जनसाधारणले उक्त विकासकार्यको उपभोग गर्न सकिरहेका छन भने त्यहाँदेखि घलेटार निस्कने मूलबाटोको निर्माणकार्य चलिरहेको छ | स्थानीय जनसाधारणले उक्त बाटो जतिसक्दो चाँडो निर्माण भइदिए अझ सुगम हुने बताएका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB