Trending Vids

पर्यावरण संरक्षणको पहलमा सिटोङ इकोट्राभलर्स वेलफेयर सोसाइटी

bamboo dustbin
सिटोङ १२ अक्टोबर (सञ्जीव छेत्री) : लोअर सिटोङ क्षेत्रमा हाल पर्यटन व्यवसायलाई हुर्काएर मौलाएर लाने क्रममा लागिपरेको पंजीकृत संस्था हो सिटोङ इको ट्राभलर्स वेलफेयर सोसाइटी (Sittong Eco Travels Welfare Society) | सिलिगुडी आधारित पर्यटन व्यवसायी संस्था विन्ड ओजको सहयोगमा कार्य गरिरहेको उक्त सोसाइटीले हालसम्म पर्यटनको क्षेत्रमा धेरै कार्यहरु गरिसकेको छ | गत वर्ष सम्पन्न राष्ट्रिय स्तरको कार रयाल्ली ‘रयाल्ली द ओरेन्ज’, हिमाली क्षेत्रमा पर्यटनलाई प्रोत्साहित गर्दै केन्द्र सरकारद्वारा तय ‘हिमालयमा ७७७ दिन’ आदिजस्ता कार्यक्रमहरुमा सहयोगी आयोजकको भूमिका पालन गरिसकेको सोसाइटीले सामाजिक कार्यहरु पनि गर्दै आएको छ | गत केहि दिन अघि सोसाइटीको पहलमा उत्तर बङ्गाल मेडिकल कलेज, सिलगडीका डाक्टरहरुलगायत जम्मा नौ जनाको चिकित्सक टोलिले निशुल्क स्वास्थ्य शिविर गरेका थिए जसमा स्थानीय लगभग चारसय बिभिन्न रोगीहरुले लाभ लिएका थिए | त्यसैगरि हाल लोअर सिटोङ क्षेत्रलाई स्वच्छ अनि प्लास्टिकमुक्त बनाउने ध्येय लिएर सोसाइटीले ठाउँठावै मैलादानीहरु राखिदिएको देख्न सकिन्छ | सडकको किनारमा राखिएका बाँसका डोकाहरुमा क्षेत्रको प्राकृतिक सौन्दर्य अनि स्वच्छता जोगाइराख्न सबै सचेत बनिदिने अनि आफ्नो दायित्व पालन गरिदिने अपील लेखिएका छन | स्थानीय बाँसका चोयाले बुनिएका यी डोकारुपी मैलादानीहरु देखेर पर्यटकहरु खुसी मान्ने गर्छन भने स्थानीय मानिसहरु पनि सोसाइटीले दिन खोजेको सन्देशलाई आत्मसात गर्नमा फाइदा हुने बताउँछन | क्षेत्रमा पर्यटन व्यवसायसंगसंगै पर्यावरण अनि सामाजिक चेतना फस्टाएर लानुपर्ने कुरामा सिटोङ इको ट्राभलर्स वेलफेयर सोसाइटीले जोड़ दिँदै आएको संस्थाका मूल सचिव तितस लेप्चा बताउँछन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB