पञ्चबत्ती खेल मैदानमा गाडीको लाइट बालेर गोर्खा शहिद स्मारक फुटबल टुर्नामेन्टको टाइब्रेकर

Shaheed Smarak football tournament shelpu
सिटोङ, १२ अक्टोबर (सञ्जीव छेत्री): खरसाङ गिताञ्जली युथ क्लब शेल्पूको आयोजनामा गत पन्द्रह अगस्तदेखि शुरु गरिएको गोर्खा शहिद स्मारक फुटबल टुर्नामेन्ट २०१५ अन्तर्गत हिज भएको रोमाञ्चक फाइनल खेलमा जागृति परिवार नस्पति गाउँको दलले जङ्गपाना चियाबारीको दललाई टाइब्रेकरको आधारमा पराजित गरि यस वर्षको इनाम हात पार्न सफल बन्यो| झमक्क साँझ पर्दासम्म खेल प्रेमी दर्शकवर्गको अपार भिड़माझ पञ्चबत्ती खेल मैदानमा भएको खेल प्रतियोगिताको अन्तिम अन्तिम चरणसम्म दुइ दुइ गोलको बराबरीमा रहेको खेल रात झमक्क हुदाँ समेत समाप्त नभएकोले चारैतिरबाट गाडीको लाइट बालेर पेनल्टी सुट आउट खेलाइएको थियो जसमा नस्पति गाउँ जागृति परिवारले जीत दर्ता गरेको हो |

शेल्पु जन मैदानमा आइतबार भएको फाइनल खेलअघि आयोजक क्लबले स्थानिय लगायत टाड़ा क्षेत्रका कलाकारहरुलाई लिएर रंगारङ सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए | क्लबका महासचिव एवं प्रवक्ता अरुण खवास, राजेश तामाङ अनि राजेन तामाङले सन्चालन गरेको खेल अघिको रमाइलो कार्यक्रममा अर्पण खवासले स्वागत मन्तव्य पेश गरेका थिए | समारोहमा मादले गायक सनबहादुर माझी, रेशबहादुर मुखिया र अन्यले स्वच्छ भारत मिशन माथि मादले गीत प्रस्तुत गरेका थिए भने बाल प्रतिभा आर्यन खवासले उल्लेखित विषयमाथि कविता पाठ गरे | उसरी नै माउण्ट जिओन मिशन स्कूल, शेल्पु माद्यमिक शिक्षा केन्द्र आदिका विद्यार्थीहरुले रोचक नृत्य आदि प्रस्तुत गरे | नागरी फार्म चियाबारीका आमन्त्रित अतिथि युवा गायकद्वय दिगेन राई अनि प्रयाग राणाले पनि विभिन्न हिन्दी नेपाली गीतहरुको प्रस्तुति कार्यक्रमलाई थप रमाइलो बनाएका थिए |


आइतबार सम्पन्न टुर्नामेन्टको अन्तिम खेलमा दललाई कार्यक्रमका प्रमुख अतिथि जीटीए सभाका वन विभागीय प्रभारी कार्यकारी सभासद रतन थापाको बाहुलीबाट नगद राशी तीस हजारको साथमा यस वर्षको गोर्खा शहिद च्यालेञ्ज ट्रफी र मेडल प्रदान गरियो भने टुर्नामेन्टको उपविजेता दल जङ्गपाना चियाबारीलाई समारोह अध्यक्ष रबिन तामाङको बाहुलीबाट टोकन ट्रफीको साथमा नगद राशी २० हजार अनि मेडल प्रदान गरिएको थियो |
कार्यक्रममा अन्य अतिथिको रुपमा के एल सेर्पा शिक्षक, पूर्व प्रधान अध्यापक किसन राई, रमेश थापा, हेम चन्द्र राई, विष्णुकुमार राई, निश्चल राई, इन्द्रबहादुर राई , युवा कल्याण विभाग खर्साङ खण्डका चिराग तिवारी, डीबी खवास, शिक्षक शिशिर राई, एलबी घिमिरे, एनआर राई, डीबी मल्ल अनि अन्य उपस्थित रहेका थिए |
अन्तिम खेलाका प्रमुख निर्णायक सुदन खवास र सहयोगी अरविन्द खवास अनि सहदेव खवास रहेका थिए | उक्त प्रतियोगितामा जिल्ला स्तरका २८ वटा विभिन्न दलले अंशग्रहण गरेका थिए भनि आयोजन समितिको तर्फबाट जानकारी गराइएको छ | कार्यक्रममा खरसाङ गीतान्जली युथ क्लबका अध्यक्ष कमल घिमिरेले धन्यवादी वक्ताब्य राखेका थिए |

खरसाङ गिताञ्जली युथ क्लब शेल्पूको आयोजनामा गत पन्द्रह अगस्तदेखि शुरु गरिएको गोर्खा शहिद स्मारक फुटबल टुर्नामेन्ट २०१५ अन्तर्गत हिज भएको रोमाञ्चक फाइनल खेलमा जागृति परिवार नस्पति गाउँको दलले जङ्गपाना चियाबारीको दललाई टाइब्रेकरको आधारमा पराजित गरि यस वर्षको इनाम हात पार्न सफल बन्यो|

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.