Trending Vids

केएफसी सिलिगुडी क्वाटर फाइनलमा प्रवेश

KFC Siliguri in Mungpoo Gold Cup Quarter final
मङपू युथ क्लबको तत्वधानमा सम्पन्न भइरहेको मङपू गोल्ड कप २०१५ आज शेयर एफसी कालेबुंग ( Share FC Kalimpong)  अनि केएफसी सिलिगुडी (KFC Siliguri) माझ सम्पन्न भयो | शुरु देखि नै जोशपूर्ण खेलमा दुवै दलका खेलाडीहरुको उत्कृष्ट प्रदर्शनको उपस्थित दर्शकहरुले आनन्द उठाएका थिए | दुवै दलका गोल पोस्टमा आक्रमण गर्ने क्रममा खेल शुरु भएको १५ मिनट नबित्दै शेयर कालेबुंगका खेलाडी जर्सी नम्बर १४ सोनाम लेप्चाले गरेको एक गोलले झनै खेल रोचक बनेको थियो | सिलिगुडी केएफसीका खेलाडीहरुले पनि गोल बराबरी गर्ने सकभर कोशिश गरेतापनि प्राय: असफल नै रहेको थियो भने खेलको अन्तिम पाँच मिनटमा सिलिगुडीका खेलाडी जर्सी नम्बर ९९ अमिर लामाले एक गोल गरेपछि दुवै दल बराबरीमा आएका थिए | खेलको निर्धारित समयसम्म पनि हार जीत नहुँदा निर्णायकले पाँच - पाँच पेनाल्टी शूटआउट गराउन परेको थियो भने पेनाल्टीमा केएफसी सिलिगुडी आजको खेलको विजय दल घोषित भएको छ | बिजयी दल केएफसी आगमी १ नवम्बरको दिन नाइटचेस नेपालसित क्वाटर फाइनल खेल्नेछ |

भोलि अर्थात १७ अक्टुबरको म्याच ३/११ जीआर हिमाचलको युकेएफसी खर्सांगसित भिडन्त हुने भएकोले आयोजक समिति सबैलाई हार्दिक स्वागत गरेका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB