Trending Vids

मङपू गोल्ड कप २०१५ शुरु, दार्जीलिंग एफसीको बिरुद्ध सिलिगुडी साइ खेलदेखि बाहिर

Mungpoo gold cup darjeeling fc vs siliguri sai
मङपू युथ क्लबको ब्यानरमा आयोजित मङपू गोल्ड कप २०१५ (Mungpoo Goldcup 2015) यहाँको स्थानीय जनमैदनमा आज भब्य कार्यक्रम संगै शुभ आरम्भ भएको छ | राम पोख्रेल द्वारा संचालित शुरुवाती कार्यक्रमका सभापति सिन्कोना व्यवस्थापक नरेश बराइली रहेका थिए भने प्रमुख अतिथि क्षेत्रीय सभासद रतन थापा, विशिष्ट अतिथि गोर्खा हिल फूटबल एसोसिएशन अध्यक्ष दावा लामा, सचिव महेन्द्र सुब्बा, सम्माननीय अतिथि सिन्कोना निर्देशक डा० सामुयल राई आदिको बिशेष उपस्थिति रहेको थियो | शुरुमा रेशेप विभाग अनि मंग्पू विभागका भेटरियन खेलाडीहरु माझको रोचक चेरेटी म्याच सम्पन्न भएको थियो भने आजको मुख्य खेल दार्जीलिंग XI एफसी बनाम सिलिगुडी साइमाझ भएको थियो | मुख्य खेल निर्णायक विकास चक्रवतीको कुशल निर्णायकमा सम्पन्न खेलमा दुवै दलका खेलाडीहरुले खुबै रोचक खेल प्रदर्शन गरेर दर्शकहरुलाई मुघ्ध बनाएका थिए | खेल शुरु भएको प्राय: ७ मिनट नबित्दै दार्जीलिंग एफसीको पक्षबाट सिलिगुडी साइको गोल पोस्टमा प्रहार हुँदा एक गोल भएपछि खेल झनै रोचक अनि धुवाँदार भएर गएको थियो | एकातिर दार्जीलिंग एफसीका खेलाडीहरु अझ एक गोल गरेर जीत निश्चित गर्नमा जुटेका थिए भने अर्कोतिर सिलिगुडी साइका खेलाडीहरु अर्को गोल गर्न नदिने प्रयाससितै उल्टा गोल सुलाउने धेयमा जुटेका थिए | दुवै पक्षका खेलाडीहरुले आफ्नो उत्कृष्ट प्रदर्शनी दिंदै बारबार एकार्काको गोल पोस्टमा आक्रमण गरिनै रहेका थिए | यसरी पूर्वार्धको खेलमा थप कुनै गोल गर्न नसकेका दलहरुले उतरार्धको खेलमा फेरि नयाँ जोश लिएर गोल गर्ने प्रयास यथावत राखेका थिए | गोल गर्ने र आफ्नो दललाई मङपू गोल्ड कपको अर्को म्याचको निम्ति सक्षम दल प्रमाणित गर्ने होडमा चलेको घमासान भिडन्तले अन्तिमसम्म नै उपस्थित दर्शकहरुलाई रोमान्चक खेल प्रदर्शन गर्न कुनै कसर छोडेनन् भने खेल अवधि   दिलोज्यान दिएर गोल बचाउने प्रयासमा सिलिगुडी साइका खेलाडी जर्सी नम्बर ५ ले निर्णायकको पहेलो  कार्डसम्मको सामना गर्नु परेको थियो | अन्तमा निर्धारित समयसम्म दुवै पक्षबाट थप कुनै गोल हुन नसक्दा सिलिगुडी साइले दार्जीलिंग एफसी अघि घुँडा टेक्न बाध्य बन्दै मंग्पू गोल्ड कपको बाँकी म्याचदेखि बाहिरिनु परेको थियो |

मिडिया पार्टनर नेपाली दैनिक पत्रिका हिमालय दर्पण रहेको खेलको छायांकन मङपू च्यानलले गरेका थिए भने भोलि अर्थात १२ अक्टुबरको म्याच दिउँसो १:३० बजे देखि टीए दार्जीलिंग बनाम गान्तोक एफसी माझ हुने भएकोले आयोजक पक्षले खेल प्रेमी सबै दर्शकलाई हार्दिक स्वागत जनाएका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB