Trending Vids

पेनाल्टीमा जितेर ३/११ जीआर हिमाचल क्वाटर फाइनल पुगे

3-11 GR Himachal vs UKFC Kurseong Mungpoo Gold Cup
मङपू जन मैदानमा सम्पन्न भइरहेको मङपू गोल्ड कप २०१५ को आजको म्याच ३/११ जीआर हिमाचल (3/11 GR Himachal) बनाम युकेएफसी खर्सांग (UKFC Kurseong) माझ सम्पन्न भयो | दुवै दलका अपार समर्थकहरु बिच सम्पन्न आजको खेलमा  शुरु देखि नै दुवै दलका खेलाडीहरुले विपक्षी दलको गोल पोस्टमा बारबार आक्रमण गरेका थिए | जोशपूर्ण खेलमा समर्थकहरुको हौसला पाएर खेलाडीहरुले उत्कृष्ट प्रदर्शन दिंदै दर्शकहरुलाई अन्तिम सम्म नै मनोरंजन दिएका थिए | गोल गर्ने प्रयासको क्रममा खेल शुरु भएको २५ मिनट बित्दा ३/११ जीआरका खेलाडी जर्सी नम्बर १८ हिमाल राईले गरेको एक गोलले खेल झनै रोचक भएर गएको थियो |  मध्यान्तरपछिको खेलमा बारबार कोशिश गर्दा पनि युकेएफसीले गोल गर्न नसक्दा प्राय: जीआर कै जीत  हुने छाँट देखिएको थियो भने खेल सकिने अन्तिम दश मिनटमा युकेएफसीका खेलाडी जर्सी नम्बर १७ प्रशान्त गुरुङले एक गोल गर्दा दुवै दल बराबरीमा आएको थियो | निर्धारित समयसम्म पनि कुनै दलले थप गोल गर्न नसक्दा खेल निर्णायकले पेनाल्टी शुटआउट गराएका थिए जसमा ३/११ जीआर हिमाचल बिजयी दल घोषित भएको छ |  आजको बिजयी दल आउँदो २ नवम्बरको दिन बिर्तामोड नेपालसित क्वाटर फाइनल खेल्नेछ भने भोलि अर्थात १८ अक्टुबरको दिन १० एसएपी (एनबीएपी) को रोयल एफसी  सिलिगुडीसित भिडन्त हुनेछ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB