Trending Vids

दार्जीलिंगमा निङमा सम्प्रदाय केन्द्रीय समितिको सभा सम्पन्न

Buddhist symbol for peace
दिनांक ५ अक्टुबरको दिन आम्दो किदु हल, बाहुन बस्ती दार्जीलिंगमा " मैत्रीय टोदीकाली बौद्ध शिक्षा केन्द्र (निङमा) सम्प्रदायका केन्द्रीय समितिको सभा टुल्कु कुन्साङ जिग्मे रिम्पोछे दार्जीलिंगको प्रमुख संरक्षत्वमा सम्पन्न भएको छ | विगत २७ अगस्तमा निमा योल्मोको सभापतित्वमा गठन गरिएको उक्त केन्द्रीय समितिमा सचिवा पदमा यांग्जी धनमती मोक्तान लेबुंग, कोषाध्यक्ष यांग्जी शेर्पा, लेखापरिक्षक दावा योल्मो सह सचिव विणा तामांग आदि रहेका छन् | उक्त सभामा मैत्रीय टोदीकाली बौद्ध शिक्षा केन्द्रबाट हालसम्म तिब्बती भाषामा पठन - पाठन साथै विभिन्न बौद्ध धार्मिक अनुष्ठान संचालन साथै विश्व शान्ति कामनाका पुजा गरिएको कार्यबारे सचिवा धनमती मोक्तानले सभामा जानकारी गराएका छन् | टुल्कु कुन्साङ जिग्मे रिम्पोछेले यस केन्द्रका आगमी दिनहरुमा अन्य शाखाहरु खोलिने जानकारी दिंदै सम्पूर्ण बौद्धमार्गीलाई भगवान बुद्धले देखाएको मार्गमा हिड्ने आह्वान गरेका थिए | सभामा तामांग, शेर्पा, योल्मो सम्प्रदाय जो निंगमा समुहका छन् उनीहरुको उपस्थिति रहेको थियो | मंग्पूका सुरेन्द्र थिङले उक्त केन्द्रलाई पंजीकरण गरी आगमी दिनहरुमा यसका शाखा प्रशाखाहरु खोल्नु पर्ने विषयमा जोड दिएका थिए भने केन्द्रका एउटा वेबसाइट खोली यु०एस०ए०, दुबईतिर रहेका सदस्य - सदश्याहरुमा जानकारी गर्न सकिने विचार पोखेका थिए | अब आगमी दिनहरुमा सदश्य - सदश्याहरुबाट  सिक्किम परिभ्रमण साथै गोरुबथान छोतेन पुजन कार्य चाडै हुने जानकारी देवलाल मोक्तानले दिएका छन् || 

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB