मंग्पूमा विश्वकर्म पुजा भव्यताको साथ पालन

Vishwakarma Puja in Mungpoo
मंग्पूको विभिन्न क्षेत्रहरुमा धुमधाम साथ यस वर्षको विश्वकर्म पूजा पालन गरिएको छ | सिन्कोना बगानको निर्देशक अनि व्यवस्थापक बढाई खान, लोहार खान अनि अन्य विभागहरुमा भगवान विश्वकर्म बाबाको पुजा अर्चना गर्दै विधिवत पुजा गरिएको थियो | यसरी नै मंग्पूका विद्युत कार्यलय, दार्जीलिंग फाटक सेन्डीकेट अनि मंग्पू मोटर कर्मचारी कल्याण संगठन आदिले पनि विश्वकर्म पुजा पालन गरेका थिए |  मंग्पू मोटर कर्मचारी कल्याण संगठनले यहाँको रंग्बी विभाग स्थित त्रिशुले फाटकमा भब्य पुजाको आयोजना गरेका थिए | शुरुमा त्रिशुले फाटकमा उक्त संगठन द्वारा नवनिर्मित मन्दिरमा बगान व्यवस्थापक नरेश बराइलीको बाहुलीबाट मन्दिरको उद्घाटन गरेपछि ब्राह्मण द्वारा विश्वकर्म बाबाको दिनभरि पाठ गरिएको थियो | यस संगठनका सम्पूर्ण चालक कर्मचारीहरुले विश्वकर्म बाबाको व्रत लिइ श्रद्धा भक्ति साथ पुजा गर्दै आफ्नो गाडीको पनि पुजा गरेर भगवानसित दिनोदीन घट्ने वाहन दुर्घटनाहरु नघटोस भन्दै बल बिन्ती मागेका थिए | मंग्पू मोटर कर्मचारी संगठनको यस पूजामा मंग्पूका लाब्दा, मंग्पूर, रेशेप, विचकमान विभागका गाडी चालक अनि मालिकहरुको सहभागिता रहेको थियो साथै विहानैदेखि गाडी पार्क गरेर आफ्नो गाडी पुजाको निम्ति पालो पर्खिरहेका थिए जो साँझको ६ बजेसम्म पुजा पाठको क्रम चल्यो ||

मंग्पूको विभिन्न क्षेत्रहरुमा धुमधाम साथ यस वर्षको विश्वकर्म पूजा पालन गरिएको छ | सिन्कोना बगानको निर्देशक अनि व्यवस्थापक बढाई खान, लोहार खान अनि अन्य विभागहरुमा भगवान विश्वकर्म बाबाको पुजा अर्चना गर्दै विधिवत पुजा गरिएको थियो |

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.