Trending Vids

मंग्पूमा ४ अक्टोबरदेखि शहीद कप फुटबल हुने

Shaheed cup football
मंग्पू विभागीय खेलकूद समितिले बिगत वर्षहरु झैँ यस वर्ष पनि शहीद कप फूटबल आयोजना गर्ने भएको छ | विभागीय चौकीदार घरमा डी०बी० साल्मेको अध्यक्षता अनि सचिव संजोक लेप्चाले संचालन गरेको सभामा पाँचौ शाहीद कप दिनांक ४ अक्टुबर देखि शुरुवात गर्ने सभामा छलफल भयो | जसको निम्ति इच्छुक दलहरुले २३ सेप्टेम्बरसम्म आफ्नो दलको प्रवेश शुल्क बुझाउनु पर्ने निर्णय गरियो | आफ्नो दलको नाम सहित प्रवेश शुल्क ११०० रुपियाँ दिएको दलहरुलाई मात्र खेल तालिकामा नाउँ प्रवेश गराइने निर्णय गरिएको छ | यस खेलको फाइनल मंग्पू विभागीय खेल मैदान अथवा शारदा उच्च विधालय मैदानमा २२ अक्टुबरको दिन भब्य कार्यक्रम माझ सम्पन्न हुने भएको छ साथै सभामा विजयी दललाई ३०,००० रुपिया अनि पारितोषिक साथै पराजय दललाई २०,००० रुपियाँ अनि पारितोषिक पनि प्रदान गरिने निर्णय लिएको छ | इच्छुक दलहरुले संजोक लेप्चा – ७४०७२ ५७१५२, लिला बहादुर छेत्री ७६०२५ ५७२०९ अनि बुद्ध कुमार थापा ९७७५८ २१०२२ लाई सम्पर्क राख्ने अनुरोध गरिएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB