Trending Vids

रुद्राना डान्स डाईमेन्सन प्रतियोगिताको भोटिङ राउण्ड शुरु

Rudranna dance dimension competition
सुमिकल डान्स एण्ड वेल्फ्यर फाउन्डेसनको आयोजनमा मङपुमा सम्पन्न भईरहेको रुद्राना डान्स एण्ड डाईमेन्सन प्रतियोगिताको भोटिङ राउण्ड शुरु भएको छ | गत ६ सेप्टेम्बरको दिन मङपुमा सम्पन्न भएको उक्त रुद्राना डान्स डाईमेन्सन प्रतियोगिताको प्री - क्वाटर नृत्य प्रतियोगितामा २८ जना प्रतियोगोगीहरु छनौट भएका छन | प्रयास तामाङ अनि दीपसोनी लिम्बुले सन्चालन गरेको उक्त कार्यक्रममा सिलगढी,दार्जीलिंङ,कालेबुङ,डुवर्स,खर्साङ अनि मङपु क्षेत्रका प्रतियोगीहरुले भाग लिएका थिए जसमा  सबिना शेर्पा , रेश्मा बरुवा अनि प्रभात तामाङ जज रहेको रुद्राना डान्स डाईमेन्सन प्रतियोगितामा २८ जना प्रतियोगीहरु  क्वाटर फाइनल राउण्डमा प्रवेश गरेका छन भने ती २८ जना  प्रतियोगीहरुलाई कुपनको माध्यमद्वारा भोटिङ गर्न पर्नेछ जसको निम्ति   ६ सेप्टेम्बरदेखि भोटिङ राउण्ड शुरु भएकोछ | उक्त क्वाटरफाइनलमा सिनियरमा प्रेणा तामांङ(गोरुबथान), उपश्ना तामाङ(सिलगडी), जेसमिका प्रधान(गोरुबथान), चिराग तामाङ(रंगबुल), वांगचुक तामाङ(जोरबंगला), सत्यम तामाङ(लाटपन्चर),रिया तामाङ (लाटपन्चर),आदर्श तामाङ(घुम )अनि मङपुबाट शिक्षा प्रधान, अभय गुरुङ, मुस्कान थापा(राई) ,प्रेम छेरिंग लेप्चा, प्रेणा लामा अनि रोजा थापा छनौट भएका छन भने जुनियर विभागमा समृद्दी तामाङ सिलगडी, देवकुमार तामाङ (चामुङ टीस्टेट),निहारिका भुटिया(सिलगडी), सुनैना तामाङ(सुखेपोखरी), राजिता सुनाम(घुम), मङपुबाट युडेन बम्जन, स्वेत्छ राई, प्रतिक्षा तामाङ, साईकृपा शेर्पा, सन्ध्या छेत्री,सलोमी लिम्बु,स्मृति राई, कृषिका लोहार  अनि प्रियंका खवास छनौट भएका छन | मिडिया पार्टनर हिमालयदर्पण अनि मङपु च्यानल रहेको उक्त  “रुद्राना डान्स   डाईमेन्सन” प्रतियोगिताको क्वाटर फाइनल आगमी २७ सेप्टेम्बर१५ सेमीफाइनल ११  अक्टुबर २०१५ अनि ग्रान्ड फिनाले  १ नोभेम्वर २०१५को दिन स्थानीय जनमैदानमा सम्पन्न हुने भएको छ  |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB