Trending Vids

छैटौं अनुसुचिको समर्थनमा जीएनएलएफ मंग्पू

GNLF Flag
बितेका आठ वर्षसम्म पहाडको जातीय सम्बन्धमा उत्थान, पहिचान एवम राजनैतिक सुरक्षा साथै माटोको निम्ति तयार भएको राजनैतिक पार्टी जीएनएलएफ लाई मास्नु पहाडमा गोजमुमोले धेरै कोशिश गर्यो | “ गोर्खाल्याण्ड “ शब्दलाई लिएर जनतालाई असम्य्ज्समा पार्दै जनतालाई दिनसम्म दुख दियो | राज्य सरकार, केन्द्र सरकारले दिन चाहेको छैटौं अनुसूचीलाई रोक्न गोजमुमोले असंवैधानिक जीटीएलाई थापेको छ जसले गोर्खा जातीले चाहेको वास्तविक सुरक्षा पाउँदैन |
आज पहाडमा थुप्रै जिल्ला बनाउने विषयमा चर्चा आउंदैछ | कालेबुंग, मिरिक अन्य क्षेत्रलाई जिल्ला बनाउनलाई छैटौं अनुसूचिको मागबाट पूर्ण हुनेछ | राज्य सरकारले “ बिकाश बोर्ड “ हरु बनाएर गोर्खा जातीलाई चोक्टा – लाम्टा बनाइरहेको छ | यसैले अन्य “ विकास बोर्ड “ गठन को जीएनएलएफ पार्टी मंग्पूले विरोध जनाउँदछ | यसर्थ पहाडमा राज्य सरकारले जबरजस्ती थोपेको जीटीए गोर्खा जातीले स्वीकार गर्दैन | जीटीए असंवैधानिक भएकोले झट्टै खारेज गर्नुपर्छ | पहाडको गोर्खा जातीले यस क्षेत्रको राजनैतिक व्यवस्था बद्लाउनु पर्ने विषयमा सोंचिसकेको छ |

हरियो झण्डाको रुखलाई हाँगा –विगा , पात काटेर सकियो भनेर नसंझिन्दा हुन्छ जराहरु धेरै छ यसैले फेरि हरियो भएर पलाईसकेको छ | जीटीए र गोजमुमोको ढाँटने राजनीति जनताको अघि छर्लंगै भयो | तीन जना विधायकहरुले विधानसभामा “ गोर्खाल्याण्ड “ को बील राखेर मात्रै राजिनामा दिनु पर्थ्यो | जीएनएलएफ मंग्पू सभापति श्री कैलाश पाख्रिनको उपस्थितिमा प्रचार प्रसार सचिव बेनु बोम्जनको यो बक्तव्य प्रेसित गरिएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB