बगान श्रमिकको पद्दोनती बिषय लिएर दातडुप्लालेयु अनि सिन्कोना अधिकारी माझ बैठक

Cinchona Plantation
गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियन दार्जीलिंङ  तराई डुवर्स प्लान्टेसन् लेवर युनियनले स्थापनाकाल देखि नै सिन्कोना बगान मजदुर श्रमिक कर्मचारीवर्गको हितमा लड़दै आइरहेका छन भने फेरी पनि  सिन्कोना बगान  श्रमिक मजदुरले सरकारबाट प्राप्त गर्ने साहुलियत झट्टै पाउन पर्छ भनि उक्त युनियन अघि आएको छ | युनियनले फेरि एक पल्ट सिन्कोना व्यवस्थापन माथि हल्ला बोल्दै सिन्कोना व्यवस्थापन अघि धेरै दिन देखि स्थगित पद्दोनती अनि नियुक्तिलाई झट्टै शुरु गर्न पर्ने आफ्नो अड्न स्पष्ट पारेको छ | स्थगित पद्दोनती अनि नियुक्तिको प्रक्रियालाई झट्टै शुरु गर्न पर्ने दबाउ फेरि एकपल्ट सिन्कोना व्यवस्थापनलाई दिएको छ | बिशेष  गरेर २००९ मा निमा  तामाङ अनि अन्य दुई जो सिन्कोनामा अधिनस्थ दैनिक रोजगारमा कार्यरत श्रमिकहरुले केही ग्रुप डी कर्मचारीको पद्दोनतीलाई चुनौती दिदै राज्य प्रशासनिक  न्यायिक अदालतमा श्रमिकहरुको पद्दोनती ज्येष्ठता आधारमा हुन् पर्छ भनि मुद्दा दायर गरेको  थियो | उक्त मुद्दा दायर भई पछि पद्दोनती अनि नियुक्ति गर्न हेतु अदालतले नया नियमवाली निर्माण गर्ने फरमान जारी गरेको थियो | उक्त फरमान जारी भई देखि यता सिन्कोना व्यवस्थापनलाई नियुक्ति अनि अप्द्दोनती गर्न कठिन भएर गएको छ | मुद्दा संख्या ०.ए.१५८८/ २००९ अनुरुप राज्य प्रशासनिक न्यायिक अदालतको आदेश अनुसार पद्दोनती अनि नियुक्ति बिषय समाधान एव नियमवाली निर्माण हुन् पर्ने तर  उक्त समस्या समाधान हेतु कुनै कदम नचालिएको हुनाले मजदुरदेखि दफादर [ग्रुप डी] का  समग्र पद्दोनतीको नियुक्तिमा पूर्ण विराम चिन्ह लागेको छ जसले कर्मचारी तथा उधोगको हितलाई संकटमा परेकोछ | अदालतको आदेश अनुसार पद्द्दोनती अनि नियुक्तिको निम्ति नियमवाली निर्माण गर्न पर्ने हो जो वर्तमान सम्म हुन् सकेको छैन | नियमवाली निर्माण गर्न सम्बन्धित निकाय असफल भएको कारण यसको सोजो असर बगान अनि व्यवस्थापनमा पर्न गई रहेको छ साथमा यसको नकारात्मक प्रभाव सिन्कोनामा कार्यरत श्रमिकहरुमा पनि परि रहेको | दार्जीलिङ तराई डुवर्स प्लान्टेसन् लेवर युनियनले सिन्कोना श्रमिकको पक्षमा आफ्नो अडान स्पष्ट पर्दै अब यदि सम्बन्धित निकायले यथाशिघ्र पद्दोनती अनि नियुक्ति समस्यालाई पहल नगरे युनियनले श्रमिकको पक्षमा कानुनी कारवाहीको निम्ति कानुनको शरणमा जाने तय गरेको छ | यसरी नै पद्दोनती अनि नियुक्तिको निम्ति सिन्कोना व्यवस्थापनलाई युनियनले आफ्नो पक्षमा सबै औपचारिकता पुरा गरि सकेको छ भने अब सिन्कोना व्यवस्थापनले पद्दोनती अनि नियुक्तिको निम्ति पहल नगरे सिन्कोना श्रमिकहरु सडकमा उत्रेर गणतात्रिक आन्दोलनमा जान्न बाध्य हुने चेताउनी युनियनले दिएको छ | सिन्कोना व्यवस्थापनले युनियनको मागलाई समर्थन गर्दै उक्त नियम निर्माणको निम्ति चाडै जीटीएसित् बैठक गर्ने निर्णय लिएको छ | उक्र बैठकमा नै नया नियुक्ति अनि पद्दोनातिको निम्ति एउटा बोर्ड गठन गरि थातीमा रहेको कार्यलाई निरन्तरता दिने जनाएको छ | जीटीए अनि सिन्कोना व्यवस्थापनको सयुक्त बोर्ड गठन पछि नै नया पद्दोनती अनि नियुक्ति माथिको कानुन माथि बहस गरि निर्णयमा पुग्ने दुई पक्ष सहमत भएको छ | बिशेष: गरेर दार्जीलिंग तराई डुवर्स प्लान्टेसन् लेवर युनियनले ५३५० को रोजगार क्षमता स्थिर गर्नु अनि सिन्कोना अनि अन्य औषधिमुलक  पौधा अन्तर्गत बाहिरका मान्छेहरुलाई नियुक्ति देखि रोकथाम गर्नु जसले बगानको क्षेत्रमा अझ बढ़ी अतिक्रमण अनि अनुचित जनसंख्या वृद्धिदेखि परोक्षरुपमा सहयोग पुग्ने छ अनि बगानको परिसिमालाई सुरक्षित् राखने छ यसैले बोर्डले राज्य सरकार समक्ष सिन्कोनाको ५३५० श्रमिक संख्यालाई नै पद्दोनती अनि नियुक्तिको चक्र भित्र ल्यानु पर्ने आफ्नो अन्तिम अनि निर्णायक अडान राखेको छ | यसरी नै बोर्ड गठन भई पछि सर्वप्रथम उक्त बोर्डले राज्यको मुख्य सचिवसित् समस्या समाधानहेतु भेटघाट गर्ने प्रस्त्वाना पनि ग्रहण गरेको छ | विशेष गरेर सिन्कोना श्रमिकहरुले  पहिलो महंगी भत्ता ४ अप्रेल २०१४ दोस्रो पहिलो जनवारी २०१५ मा सरकारी अधिनियम जारी भई सकेता पनि हाल सम्म उक्त रकम प्राप्त भएको थिएन भने उक्त महंगी भत्ता आउदो महीनाको तलबमा प्राप्त गर्ने छ | यसरी नै अधिनायम जारी भएको दिन देखि नपाएको राशी यसै दशौ अघि भुग्तान गर्न पर्ने मांग युनियनले गरेको छ | सिन्कोना व्यवस्थापनसितको वार्तामा सिन्कोना जोन केन्द्रीय समिति सचिव गगन राई, सभापति गोपाल रुचाल, कानुनी सल्लहाकार तिलक चन्द्र रोका, क्षेत्रीय सभासद रतन थापा,पी टि शेर्पा केन्द्रीय समिति चारै युनिटका सचिव अनि सभापतिहरु उपस्थिति रहेको थियो भने सिन्कोनाको पक्षमा निर्देशक डा० सामुएल राई अनि व्यवस्थापक नरेश बराइलीको उपस्थिति रहेको थियो |

गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियन दार्जीलिंङ तराई डुवर्स प्लान्टेसन् लेवर युनियनले स्थापनाकाल देखि नै सिन्कोना बगान मजदुर श्रमिक कर्मचारीवर्गको हितमा लड़दै आइरहेका छन भने फेरी पनि सिन्कोना बगान श्रमिक मजदुरले सरकारबाट प्राप्त गर्ने साहुलियत झट्टै पाउन पर्छ भनि उक्त युनियन अघि आएको छ

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.