Trending Vids

मङपुमा क्लीन दार्जीलिङ ग्रीन दार्जीलिङ विषयमा कार्यक्रम

Clean Darjeeling Green Darjeeling
सोमबारको दिन यहाको सन्त मंगल एकाडमीको प्रागणमा स्वच्छ दार्जीलिङ अनि हरित दार्जीलिङ बिषयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो | जिल्ला सूचना एवं साँस्कृतिक विभाग दार्जीलिङद्वरा  आयोजित उक्त कार्यक्रममा लोक प्रसार प्रकल्पका कलाकारहरुले उक्त विषयमाथि गीत  एवं नाटक प्रस्तुत गरे | कार्यक्रम संचालक  पदम बाराईलीले सर्वप्रथम सबै सबैलाई स्वागत जनाउदै कार्यक्रमको औचित्य बारे प्रकाश पारे | त्यसपछि क्रमैले कलाकार बिकाश राई,गीता राई,एवं डी.के बिश्वद्वरा जनचेतनामुलक गीत प्रस्तुत गरियो भने स्वच्छ दार्जीलिङ अनि हरियो दार्जीलिङ माथि लघु नाटक प्रस्तुत गरियो | सन्तबहादुर राईद्वरा लिखित उक्त नाटकमा पवन गुरुङ,कर्मसिह गुरुङ उमेश गुरुङ,पवन शर्मा उपासना गुरुङ,र उमा गुरुङले भाग लिएका थिए | अन्तमा कार्यक्रम सम्बन्धमा बिधालयका प्राचार्य मन्जित थापाले दुई शब्द राखे पछि पदमबराईलीले सकुलका शिक्षक शिक्षिकागण एवं छात्र छात्रावर्गलाई आभार व्यक्त गर्दे कार्यक्रमको अन्त गरियो |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB