Trending Vids

लोहापुल सुन्तले नवीन ग्राम सुधार समितिको सिल्वर जुब्ली पालन

Silver Jubilee Navin Gram Sudhar Lohapool
आज लोहापुल सुन्तले ग्राम सुधार समितिको २५वा बर्ष सिल्बर जुब्ली कार्यक्रम भब्य रुपमा आयोजन गरियो | दलबहादुर गुरुङको अध्यक्षतामा संचालन गरिएको सभामा समाज निर्माण गर्ने अग्रसर व्यक्तित्व दुई लियो राई अनि  एन.एस मिश्रलाई समतिको पक्षबाट अभिनन्दन पत्र प्रदान गरियो | ग्राम जनता द्वरा हाल नबिन ग्राम सुधार समितिका सभापति डी.बी. गुरुङलाई पनि अभिनन्दन पत्र हस्तान्तरण गरियो | यसरी नै पुर्ब कमिटि सदस्य जलिना छेत्री अनि चन्द्रमाया तामाङ लगायत अन्य बयोबृद्ध समाजसेवी व्यक्तित्वलाई पनि समाजको पक्षबाट सम्मान जनाईयो | उक्त समारोहमा नृत्य गर्ने कलाकरवर्गलाई प्रमाण पत्र प्रदान गरियो | आजको कार्यक्रममा कुइज कम्पिटिशन पनि आयोजन गरियो जसमा बिजेता नानीहरुलाई अजित छेत्री अनि रामकुमार मिश्रको बाहुलीबाट प्रमाणपत्र बितरण गरियो | समारोहका प्रमुख अतिथि रम्बी रयाङ पीपी प्रभारी सुजीत लामा अनि बिशिष्ट अतिथि लियो राईले आ - आफ्नो सारगर्भित बक्तब्य राखे भने समाजका सभापति दलबहादुर गुरुङद्वरा अहिलेसम्म यस समाजमा योगदान पुराउने व्यक्तिहरुलाई आभार व्यक्त गरे |  कार्यक्रमको अन्त्यमा गाउँका मेधावी बिधार्थीवर्गलाई पनि समाजको पक्षबाट सम्मान जनाइयो | आजको सिल्बरजुब्ली कार्यक्रममा रोङचोङ ग्राम सुधार समितिका मिलनछिरिंङ लेप्चा अनि लेयाम्पस्ट्याण्ड नर्सरी स्कुलका प्राचार्य प्रकाश लेप्चा पनि उपस्थित थिए भन्ने जानकारी एक बिज्ञप्ती मार्फत कल्याण राईले दिएका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB