Trending Vids

रन्जुभेल्ली अग्निपीडित परिवारलाई जीटीए द्वारा घर

fire destroyed house in Ranju valley
गत महिना मङपु रन्जुभेल्ली विभाग ( Ranju Valley) निवासी सुबास गुरुङ अनि दिपेन्द्र छेत्रीको घर सर्ट सर्किटको कारण जलेर खरानी बनेको थियो भने उक्त दुई अग्नीपिडीत परिवारको घरलाई जीटीए “हाम्रो घर निर्माण परियोजना”द्वरा निर्माण गर्नको निम्ति राशी प्रदान गरिएको छ | ती दुई अग्निपीडित परिवारलाई जीटीए प्रमुख बिमल गुरुङको बाहुलीबाट प्रथम चरणमा ८०  हजारको चेक प्रदान गरिएको छ भने दोश्रो चरणमा अझै ८० हजार गरि प्रति एक परिवारलाई १लाख ६० हजार रुपियाँ प्रदान गर्ने भएको छ | त्यस अग्नी काण्डमा दुईवटा दोकान सबिता गुरुङ अनि थिरेन परिवारको जलेर खरानी बनेको थियो भने ती दुई अग्निपीडित दोकनदारलाई पनि जीटीए प्रमुख बिमल गुरुङले ५० हजार गरेर दिने घोषणा गरेको छ | अर्कोतिर रन्जुभेल्ली विभागलाई जीटीए प्रमुख बिमल गुरुङको निर्देशनमा १५ लाख रुपियाको सार्बजनिक भवन प्रदान गरिएको घोषणा लाब्दा मङपु समष्टि सभसद रतन थापाले बताएका छन भने उक्त  सार्वजनिक भवनको निर्माण चाडै नै गरिने जानकारी सभासद थापाले दिएका  छन | यस्तै गरि रन्जुभेल्ली दोकानडाडा देखि ३ किलोमिटर गाउँ जाने सडकलाई पनि चाड़ नै अलकत्र गरिने अनि नयाँ धुरामा पनि चाडैनै विजुली बत्तीको पोल  जीटीए द्वरा जडान गरिने सभासद रतन थापाले जानकारी दिए | रन्जुभेल्ली गाउँ भ्रमणमा आएका सभासद रतन थापाले स्थानीय जनतालाई भुल भ्रान्तिमा परेर अन्यत्र पार्टी नजाने अनि  संगठानिक रुपमा एकसुत्रमा गोजमुमोमा नै बस्ने सबै ग्रामबासीलाई अपील गरे |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB