Trending Vids

२५ घर मोर्चा समर्थक टीएमसीमा सामेल

Morcha supporter joins TMC
पहाड़को राजनैतिक खेमामा  दल अदल बदल गर्ने क्रम जारी छ भने आज मङपु रन्जुभेल्लीबाट पनि २५ घर मोर्चा समर्थक टीएमसीमा सामेल भएको छ | आज अखिल भारतीय तृणमुल कग्रेस रन्जुभेल्ली शाखाको आयोजनमा सरिता राईको अध्यक्षतामा संगठनिक सभा सम्पन्न भयो | सभामा पार्टी जिल्ला सदस्य तथा दार्जीलिंङ सिन्कोना बगान वर्कर्स युनियन महासचिव मिरेन लामा, ब्लक कमिटि महासचिव पवन बल, उपसभापति बी.एस.राई, रन्जुभेल्ली शाखा सभापति बिनोद रसाईली, सचिव सुनित थापाको बिशेष उपस्थिति रहेको थियो | आजको सभामा  दातडुप्लालेयु रन्जुभेल्ली शाखाका सयुक्त सचिव योगेश तामांङ सितै २५ घर गोजामुमो समर्थकहरु पार्टी त्यागेर टीएमसीमा सामेल भए भने ती व्यक्तिहरुलाई मिरेन लामा,पवन बल,बी.एस राई प्रभृति नेताहरुले खदा लगाई दिएर स्वागत जनाउदै तृणमुल कग्रेसको झण्डा प्रदान गरे | सभालाई सम्बोधन गर्दे योगेश तामांङले आफुहरु मोर्चामा त्यागेर टीएमसीमा समेल हुनु  परेको कुरा प्रष्ट पारे | छुट्टै राज्य अनि जनमुक्तिको कुरा गरेर मोर्चाले ढाट्ने काम मात्र गर्यो भने बिकाशको कुरा गरेर झुलाउने काम मात्र गरेकोले आफुहरु स्वछताले टीएमसीमा सामेल भएको औ आज देखि पार्टीको आदर्श क्रियाकलापलाई जनताको हितमा दृड़ भई अघि बड्ने बचन योगेश तामांङले गरे | पहाडमा टीएमसी गठन भएर जनतालाई धेरै लाभ भएको छ | निसासिएर बसेको जनता जनार्दनले ठुलो सास फेर्ने मौका पाएको छ भन्दै बी.एस राईले पहाडको एकक्षत्र शासनको अन्त भएको सभामा औगत गराए | उनले अझ भने टीएमसी गठन  पछि नै पहाडका विभिन्न राजनैतिक दलहरुले पनि शीर खडा गर्न सकेको छ भने पहाडमा पुन गणतन्त्र फर्किएको छ भनि बताए | सभालाई  सम्बोधन गर्दे पवन बलले आज पार्टीमा  समेल  हुने  २५ घरले सठीक समयमा सनिर्णय गरेकोले स्वगत अभिनन्दन जनाए भने अब उसो एक भएर रन्जुभेल्ली बासीन्दाहरुको हितमा निस्वार्थ कार्य गर्नु पर्ने आहवान गरे | उनले टीएमसी शाखाको  रुपमा अघिबाट नै कार्य गर्दे आउने प्रतिनिधिहरु बिनोद रसाईली,सुनीत थापा गगन तामांङहरूको कार्य शैलीको सराहना गर्नुपर्छ  किनभने उनीहरुको अशल क्रियाकलाप कर्मको परिनामले नै आज आज २५ घर मोर्चा समर्थकहरु टीएमसीमा सामेल भएको हो भने | यसैक्रममा मिरेन लामाले आफ्नो सारगर्भित बक्तब्य पेश गर्दे पार्टी अनि युनियनको क्रियाकलाप साथै उदेश्यलाई जनता समक्ष प्रस्तुत गरे | उनले पहाडमा अध्यनशैली वैचारिक राजनीति गरिनु पर्छ भन्दै जानी नजानी गरेको राजनीतिले जनता संघ सँगै स्वयमलाई पनि धोका हुने बताए | उदेश्यविहिन चौकीको ताकमा राजनीति गर्नेहरूको अवस्था दिनप्रतिदिन गम्भीर हुदै गइरहेको  बताए | पार्टी र युनियनको कार्यप्रतिको  पार्थक्यलाई स्पष्ट पार्दै सचिव लामाले पार्टी गर्नु सजिलो रहेको तर युनियन गर्नु सहज नभएको बताए भने यूनियन गर्नु पर्दा अध्यान गर्नु पर्ने अवस्था,परिस्थितिले ऐनलाई पनि ध्यानमा राखेर काम गर्नुपर्दछ भने | अन्त्यमा सिन्कोना बगानलाई उत्तोतर प्रगति तर्फ लैजान सबैजना  एक भइ अघि बढ्नु पर्ने अनि निस्वार्थ निर्भिक भइ द्रिड  संकल्पको साथ इमान्दारीतापूर्ण  कार्य गर्नुपर्ने अवाहन गर्दै वर्तमान निर्देशकको बगानप्रतिको क्रियाकलाप आशा रहेको बताए | उक्त जानकारी प्रेस बिज्ञप्ती मार्फत सचिव पवन बलले दिएका छन्  |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB