Trending Vids

गोजमुमो सिम्ले शाखा सामुहिक राजिनामा सितै विघटन

Gorkha Janmukti Morcha Simley Mungpoo
लाब्दा मंग्पू समष्टि अन्तर्गत पर्ने मंग्पूको सिम्ले शाखा जहाँ विगतको चुनाव अनुसार लगभग एक हजार मतदाता भएको साथै प्राय: ९० प्रतिशत मत गोजामुमो उम्मेदवार माथि खसाल्न सक्षम रहेको मंग्पूकै एउटा मजबूत शाखाले हिज एउटा कोठे बैठक बसेपछि आज फेरि शाखा अध्यक्ष सुवास राईको अध्यक्षतामा एउटा सभा बसी गोजमुमो सिम्ले शाखाका सम्पूर्ण पार्टी पदाधिकारी लगायत युवा मोर्चा, नारी मोर्चाका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएर विघटन गर्दै निष्क्रिय बस्ने घोषणा गरेका छन् |
गोजमुमो द्वारा थालिएको गोर्खाल्याण्डको आन्दोलनमा सुनकोश पद यात्रा, १२ दिने आमरण अनसन लगायत दिल्ली धर्नासम्म पुगी गोर्खाल्याण्ड अनि गोजमुमो प्रति दिलोज्यान दिने समर्थकहरु रहेको यस शाखालाई स्थापनाकालदेखि नै गोजमुमो मंग्पू जोन अनि क्षेत्रको सभासदले अनदेखा गरेर क्षेत्रको विविध समस्याहरुलाई पनि नजरअन्दाज गर्दै आइरहेको यी समर्थकहरुको भनाई छ | बिकाशको नाममा यस शाखामा २००६ देखि थालिएको प्रधानमन्त्री ग्रामीण सडक योजना ( ओल्ड टिस्टा रोड ) अहिलेसम्म अधुरो साथै ५०० मिटर छोडिएको छ | यस सडकको निर्माण कार्य एकपल्ट रोकिंदा अध्यक्ष बिमल गुरुङलाई भेटेपछि मात्र केही महिना काम भएको अनि तीन – चार महिना देखि स्थगित नै रहेको छ | गाउँमा विधुतीकरण पनि राम्रो नभएको अनि लगाइएको भाँचिन लागेको रुखको बिजुलीको पोस्टबाट एक किलोमिटर टाडासम्म कच्चा तार लगाएर घरमा बिजुली बालिरहेको समस्या सबै सामु छ साथै गाउँमा सार्वजनिक भवन, पानी, स्वास्थ्य केन्द्र आदिको समस्या त धेरै टाडाको कुरा भनी गुनासो पोखाउँछन् समर्थकहरु |    

यस क्षेत्रभित्रका गाउँबासीहरुले भोगी रहेको समस्या साथै पार्टीको अवस्था बुझ्न गोजमुमो मंग्पू जोन अनि सभासद स्वय:ले पनि अहिलेसम्म कुनै चासो नदेखाएको उनीहरुको भनाई छ | यस शाखामा सभासदको त दर्शन धरी दुर्लभ छ, कहिले आउँदैन भन्दै कडा शब्दमा पार्टी अनि गाउँको समस्याहरु लिएर जोनमा गइ अध्यक्षलाई भेट्दा सचिवलाई देखाउने अनि सचिवलाई भेट्दा अध्यक्ष देखाउने साथै जोन भित्रका पदाधिकारीहरुको पनि एकार्कामा तालमेल नमिलेको हुँदा शाखाहरुले हुनसम्मको समस्या भोग्न परिरहेको बताएका छन् शाखा सचिव अरिफ मंगरले | जोनको पारदर्शिता अनि संगठन प्रतिको सुस्तिपनले नै मंग्पूका सम्पूर्ण शाखाहरु कम्जोर बन्दै गइरहेको उनको भनाई छ |
यस शाखामा पहिलेदेखि नै पार्टी सुचारु चलाउन असुविधा हुँदा जोनसित सम्पर्क गरी समाधान गर्न चहंदा जोनबाट कुनै महत्व नदिए वापद शाखा सभापतिले राजिनामा दिएको आज एकवर्ष बितिसक्दा पनि संगठनलाई दह्रिलो पर्ने उदेश्यमा जोनले अहिलेसम्म एक शब्द धरी नसोधेको गुनासो पोखेका छन् सभापतिले पनि |
यस्तै थुप्रै समस्याहरु, गुनासोहरु बोकेको यस सिम्ले शाखाका समर्थक अनि पदाधिकारहरुले अब जोन, समष्टि कसैको पनि भरोसा नगर्ने घोषणा संगै शाखा बिघटन गरी अनिश्चितकालको निम्ति निष्क्रिय रहने जानकारी गराएका छन् भने क्षेत्रका विपक्षी दलहरुलाई चेतवानी दिंदै शाखाको यस्तो अवस्थाको फाइदा उठाउन नआइदिने अनि आएपनि कसैपनि मोर्चा छोडी अन्यत्र नजाने बताएका छन् साथै केवल गोजमुमो अध्यक्ष बिमल गुरुङ नै गोर्खाल्याण्डको निम्ति साँचो अनि इमान्दार नेता हुन् हामी सदैव उनकै समर्थक भएर बस्ने छौँ भनी बताएका छन् |
आजको यस सभामामा शाखा सभापति सुबास राई, सचिव अरिफ मंगर, उपसभापति सुजित राई, राजेन आले, सह सचिव रवीन पाख्रिन, रेवन मंगर, युवा मोर्चा सभापति अकल गुरुङ, सचिव प्रनेश गुरुङ, नारी मोर्चा सभानेत्री कमलमाया राई, सचिव शोभा मंगर, जोनको संस्थापक सदश्य किरण थापा, रबिन चामलिंग लगायत मोर्चा भात्री संगठनका सम्पूर्ण सदश्य – सदश्याको उपस्थिति रहेको थियो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB