Trending Vids

रोङचोङमा स्वास्थ्य केन्द्रको शिलान्यास

foundation stone for health centre in rongchong
लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने यहाँको रोङचोङ बस्तीमा जीटीए द्वरा ग्रामीण स्वास्थ्य केन्द्र निर्माण गरिने भएको छ | रोङचोङमा स्वास्थ्य केन्द्रको शिलान्यास आज गोजामुमो मङपु जोन सभापति प्रदीप छेत्रीको बाहुलीबाट गरियो | आजको यस शिलान्यास कार्यक्रममा मोर्चा मङपु जोन सचिव रतन लामा,सहायक अभियन्त सुदर्शना,गोजामुमो रोङचोङ शाखा सचिव प्रकाश लेप्चा, गोजायुमो शाखा  सभापति दिवाकर छेत्री लगायत पार्टीका अन्य कार्यकर्ता उपस्थित थिए | उक्त रोङचोङमा स्वास्थ्य केन्द्र निर्माण गर्नको निम्ति जमीन प्रदान गर्ने जमीनदाता कुमारी गुरुङलाई ग्रामबासीले आभार व्यक्त  गरेका छन  | यस स्वास्थ्य केन्द्रको कार्य सुनखरी कन्स्ट्रक्सनले गर्ने भएको छ | यसरी लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने रोङचोङ बस्तीमा जीटीए “हेल्थ एण्ड फेमिली वेल्फेर” विभागले स्वास्थ्य केन्द्र निर्माण  गरिदिए वापत रोङचोङ ग्रामबासीले जीटीए प्रमुख बिमल गुरुङ,जीटीए स्वास्थ्य विभाग सभासद आशा गुरुङ अनि लाब्दा मङपु समष्टि सभासद रतन थापा प्रति आभार व्यक्त गरेका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB