Trending Vids

लाब्दा शाखाबाट पाँच घर गोरामुमो समर्थक मोर्चामा सामेल

five GNLF families joins GJMM
दार्जीलिंग पहाडको अन्य स्थानहरुमा जस्तै मंग्पूमा पनि राजनैतिक दल अदल बदल गर्ने क्रम द्रुत गतिमा चलिरहेको छ | लाब्दा मंग्पू समष्टिमा त्रिनामूल कांग्रेसका २५ घर समर्थकहरु आफ्नो दल छोडी गोजमुमोको झण्डा समातेको एक महिना नबित्दै फेरि यहाँको लाब्दा शाखाबाट जम्मा पाँच घर गोरामुमो समर्थकहरु गोजमुमो पार्टीको झण्डा थाप्न आइपुगेका छन् | गोजमुमो लाब्दा शाखा सचिव दिपेन योन्जनले संचालन गरेको अनि शाखा सभापति देवेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको सभामा लाब्दा मंग्पू समष्टि सभासद रतन थापा, गोजमुमो मंग्पू जोन सभापति प्रदीप छेत्री, सचिव रतन लामा, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव गगन राई, लाब्दा शाखा संयोजक कमल थापा अनि गोजमुमो मंग्पूका अन्य – अन्या पदाधिकारीहरुको उपस्थिति बिच गोर्खा राष्ट्रीय मुक्ति मोर्चा ( गोरामुमो) का समर्थकहरु क्रमैले इन्द्र बहादुर मोहोरा, सदिर तामांग, हिरो गिरी, रबीन राई, इन्द्रदेव राईले आफ्नो गाउँ परिसरमा गोरामुमोको क्षत्रछायाँमा बसेर केही बिकाश हुन्छ कि भन्ने आशा साँच्दा – साँच्दै अहिले घरि आफुहरु राणा बेगरको मौरीहरु जस्तै टुहुरो हुनु परेको गुनासो संगै आज गोजमुमोबाट नै जाती अनि स्थानको बिकाश हुन सक्छ भन्ने बिस्वास लिएर गोजमुमोको झण्डा थाप्दै अध्यक्ष बिमल गुरुङको हात दह्रिलो बनाउन आएको बताएका छन् | क्षेत्रीय सभासद रतन थापाले पनि सहृदयी आएका समर्थकहरुलाई गोजमुमो पार्टीको झण्डा दिंदै हार्दिक स्वागत जनाएका छन् साथै गोजमुमो पार्टीले गोर्खाहरुको दीर्घकालिन माग गोर्खाल्याण्ड हत्याउन कहिले पनि पछि नसर्ने अनि सबै – सबैले नै अब फाटफुटे राजनैतिक दलहरुतिर नभुलिएर पहिले जुन गल्ति गर्दै अन्य दलहरुमा गए त्यो गल्तीलाई सच्याउंदै नधकाई मोर्चामा फर्की आउने अपिल गरेका छन् साथै सबै एकजुट भएर गोर्खाल्याण्डको निम्ति संधै अघि बढ्ने अध्यक्ष बिमल गुरुङको हात दह्रिलो बनाउने आह्वान पनि गरेका छन् |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB