Trending Vids

शहीद दिवस संगै एक दिवसीय लात्ते भकुण्डो प्रतियोगिता सम्पन्न

Saheed diwas cum oneday football tournament labdah shanti dhura
आज स्थानीय शान्ति धुरा लाब्दाको बाघखोर जनमैदानमा शान्ति धुरा एक दिवशीय लात्ते भकुण्डो आयोजक समिति अनि गोजमुमो लाब्दा शाखाको संयुक्त आयोजनामा शहीद दिवस कार्यक्रम संगै एक दिवशीय लात्ते भकुण्डो प्रतियोगिता सम्पन्न भयो | शुरुमा गोर्खाल्याण्डको निम्ति प्राणको आहुति दिने १९८६ देखि अहिलेसम्मका सम्पूर्ण शहीदहरुको सम्झनामा श्रधान्जली स्वरूप एक मिनटको मौन धारण गर्दै कार्यक्रमको निम्ति बनाइएको अस्थायी शहिद वेदीमा उपस्थित सपूर्ण अतिथि साथै गाउँलेको पक्षबाट खादा चदाइयो | कार्यक्रम संचालक तथा गोजमुमो लाब्दा शाखा सचिव दिपेन योन्जनले उपस्थित जन समुहलाई सम्बोधन गर्दै शहीदहरु कुनै पनि राजनैतिक दलको पेवा हुन सक्दैन, उनीहरु कुनै पार्टीको कार्यकर्ता भन्दा पहिले हाम्रै गोर्खे सन्तान हुन् यसर्थ जो कसैले पनि ती शहीदहरुको आहुतीको कदर गर्नुमा कुनै राजनैतिक आपत्ति छैन भनी बताएका छन् |
गाउँको वरिष्ठ व्यक्ति जीएम बलको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा लाब्दा शाखा कोअर्डिनेटर (संयोजक) कमल थापा, सचिव दिपेन योन्जन, सन्तोष सिंगदन,शेखर मोक्तान, राजीब राई,मदन राई, युनियन सचिव राजेश तामांग, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन, सिन्कोना जोन महासचिव गगन राई आदिको बिशेष उपस्थिति रहेको थियो | 

पहिलो चरणको शहीद दिवस कार्यक्रमपछि मैदानमा एक दिवसीय लात्ते भकुण्डो प्रतियोगिता सम्पन्न भयो | जित्नेलाई ५,००० रुपियाँ अनि हार्नेलाई २,००० रुपियाँ नगद राशी तोकिएको यस खेलमा जम्मा दशवटा दलहरुले अंश ग्रहण गरेका थिए भने खुबै रोचक खेलहरु संगै दलहरुको भिडन्त हुँदा अन्तमा सबै दलहरुलाई धुलो चटाउदै नालीडांडा टिमले फाइनल खेलमामा जिनियस सेभनलाई परास्त गरी आजको एक दिवशीय लात्ते भकुण्डो प्रतियोगिताको विजयी पुरस्कार हत्याउन सफल बनेका छन् |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB