Trending Vids

४४ जनाले रुद्रन्ना डान्स डाईमेन्सन कम्पीटिशनको इन्ट्री कार्ड पाए

Rudranna Dance Dimension Competition by Sumikal institute of dance
सुमिकल इन्स्टीटुट अफ् डान्स मड़पूको तत्वाधानमा सम्पन्न रुद्रन्ना  डान्स डाईमेन्सन  कम्पीटिशनको पहिलो रनको दुई - दिवसीय अडिसनको समापन भयो | दुई - दिवसीय अडिसनलाई रोचक बनाउनको निम्ति आयोजक पक्षले निर्णयको निम्ति निर्णायकहरु नेपालबाट राहुल बस्नेत, गोरबथानबाट  रेशामा बरुवा अनि दार्जीलिंगबाट सबिना शेर्पालाई निम्ताएका थिए  | सुमिकल इन्स्टीटुट अफ् डान्स मड़पूले अडिसनलाई दुईवटा बिभागमा बाड़ेको थियो | एउटा बिभाग जुनियर रहेको थियो भने दोस्रो बिभाग सिनियरको  रहेको थियो | ३ बर्ष देखि १४ बर्ष सम्म जुनियर रहेको थियो भने १४ बर्ष देखि माथिको सेनियर गरि छुट्टाईको थियो | अडिसनमा बिशेष गरि ३ बर्ष देखि १४ बर्ष एबम जुनियर प्रतियोगीहरुको संख्या अधिक रहेको थियो | अडिसनमा अंश ग्रहण गर्नेहरुको दुवै दिन भीड रहेको थियो जसमा बिहान दस बजे देखि सुरुवात भएको अडिसन दुवै दिन बेलुका प्राय ५ बजे सम्म अडिसन रन चली नै रह्यो | अडिसनमा भाग लिनको निम्ति प्रतियोगीहरु दार्जीलिंग. कालेबुंग, खरसांग, पोख्रेबुंग,हाई वे, नेपाल  लगायत अन्य ठाउँबाट  आएका थिए | अडिसनमा भाग लिनेको दुवै दिन भीड रहेता पनि उक्त दुई दिनको अडिसनमा जुनियर अनि सेनियर गरेर जम्मा ४४ जनाले मन्त्र प्रवेस एबम इन्ट्री कार्ड प्राप्त गर्न सफल बन्यो भने अन्य प्रतियोगीहरुले  अडिसनबाट  नै हात धुन पर्यो | ४४ जनाले इन्ट्री कार्ड पाउन सफल बनेता पनि उक्त प्रतियोगितामा रहीरहनको निम्ति अझै एउटा कठिन अडिसनको सामना यी ४४ जनाले गर्न पर्नेछ जो अगस्त महिनाको पहिलो साता हुने तय भएको छ | आयोजक पक्षले मेगा – अडिसन पनि राखेको छ जसको सामना यी ४४ जना चयन  प्रतियोगीहरुले गर्न पर्नेछ | पहिलो चरणको अडिसनमा आयोजक पक्ष अनि निर्णायकहरुले कति वटा कुरामा छुट दिएको थियो जस्तै कस्ट्युम , मेकअप अनि अन्य-अन्य बिसय थिए तर अबको मेगा अडिसनमा निर्णायकहरुले यस्तो छुट नदिने प्राय स्पष्ट छ | अबको अडिसनमा बिशेष गरेर मेकअपलाई प्राथमिकता दिने भएको छ यसैले आगामी अडिसनको निम्ति मेकअप लेकमी ब्युटीपार्लर मड़पूले गरि दिने घोषणा आजको अडिसनको क्रममा गरेको छ | सुमिकल इन्स्टीटुट अफ् डान्सको मुख्य संयोजक प्रयास योन्जनले जनाए अनुसार उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई डान्स इन्डिया डान्सको अडिसनको निम्ति प्रबन्ध मिलाई दिने निर्णय लिएको छ भने अन्य राष्टिय चेनल दुवारा हुने डान्स प्रतियोगिताको निम्ति पनि चाझो मिलाई दिने घोषणा सुमिकल इन्स्टीटुट अफ् डान्सले गरेको छ | बिशेष गरेर रुद्रन्ना  डान्स डाईमेन्सन  कम्पीटिशनमा अंश ग्रहण गर्न चाहनेहरुको निम्ति अझै सुनौलो अवसर रहेको छ | इच्हुक प्रतियोगीहरुले अन-लाईन अडिसन मार्फत पनि प्रतियोगितामा भाग लिन सक्नेछ | अहिले घरि  अन-लाईन अडिसन सुरु भएको छ जो आगामी ७ अगस्त सम्म खुल्ला रहने छ | उक्त समारोहलाई सोझो  प्रसारणको निम्ति मड़पू च्यानल मड़पूलाई मिडिया पार्टनर बनाएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB