राउण्ड रोविन इन्टर डिभीजन सिनियर फूटबल लिग टुर्नामेन्टको ट्रफी सरस्वती विधालयको हातमा

Saraswati higher secondary school wins round robin football tournament
राउण्ड रोविन इन्टर डिभीजन सिनियर फूटबल लिग टुर्नामेन्टको फाइनल खेल आज मंग्पू  खेलकूद संघका सभापति नरेश कुमार बराइली, व्यवस्थापक मंग्पू सरकारी कुइलेन बगानको सभापतित्वमा सम्पन्न भयो | आजको फाइनल खेलमा रेशेप विभाग अनि सरस्वती उच्चतर विधालयका खेलाडीहरु माझ भिडन्त चलेको थियो | खेल एकदमै रोचक अनि घमासान चलेपछि पुर्वार्धको खेलमा रेशेप विभागको पक्षबाट अजय छेत्रीले एक गोल गर्दै बडत दिए पनि यस गोलको केही मिनटमा नै सरस्वती उच्चतर विधालयका खेलाडी रोयल राईले एक गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए | पूर्वार्धको खेलमा बराबरी नै रहे पनि उतरार्धको खेलमा सरस्वती उच्चतर विधालयका खेलाडी साङदेन लेप्चाले एक गोल गर्दा रेशेप विभागका खेलाडीहरुले हारको सामना गर्नु परेको थियो | संघका सचिव राम पोख्रेलले स्वागत भाषण राखेको कार्यक्रममा सभापति नरेश बराइलीले पनि सम्बोधन गरेका थिए | उप बिजेता दललाई सह व्यवस्थापक बिदुर कार्कीको बाहुलीबाट पारितोषिक वितरण गरियो भने विजय दललाई व्यवस्थापक नरेश बराइलीको बाहुलीबाट वितरण गरियो |

राउण्ड रोविन इन्टर डिभीजन सिनियर फूटबल लिग टुर्नामेन्टको फाइनल खेल आज मंग्पू खेलकूद संघका सभापति नरेश कुमार बराइली, व्यवस्थापक मंग्पू सरकारी कुइलेन बगानको सभापतित्वमा सम्पन्न भयो |

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.