Trending Vids

पहिरोले मङपु अनि सिटोंङको यातायात विछिन्न

landslide at mungpoo sittong road
आज दिउसो दुई बजे देखि ५ बजे सम्म  परेको मुसुलधारे पानीले मङपु क्षेत्रमा धेरै नै क्षति पुराएको अनुमान लगाएको छ | लगातार तीन घण्टा सम्म परेको मुसुलधारे पानी संगै पहिरो चलेर  मङपु अनि सिटोंङको यातायात मार्ग बिछिन्न बनाएको छ | आज नालीडाड़ा तलतिर लाब्दा बिभाग जाने सडकमा पैह्रो झरेर सडकमा ठुला ठुला रुख अनि बासहरु झरेपछि पूर्ण रुपले मङपु अनि सिटोंङको यातायात ठप्प बन्न पुग्यो | सडक बन्द भएको कारण सिटोंङ देखि मङपुको  विभिन्न बिधालयमा अध्यनरत  विधार्थीहरु पैदल यात्रा गरेर नै ४ किलोमिटर सडकमा यात्रा गर्दै घर तर्फ फर्किएको देखियो | पछि जेसीबी ल्याएर गाडी कुद्न सक्ने सडक खोलाएको समाचार छ | लगातार रुपमा परेको पानीले मङपुको विभिन्न ठाउँमा पैह्रो गएता पनि यस समाचार लेखुन्जाल सम्म कहिँ कतै ज्यानमालको नोक्सान भएको समाचर छैन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB