Trending Vids

पक्राउ वारेन्ट पछि मङपुमा पनि जनताको नाममा पोस्टर

Public Poster in Nalidara mungpoo
गोर्खालीग अध्यक्ष मदन तामांङको हत्या गरिएको आरोपमा कलकता  न्यायालयले  शनिबार मोर्चा शीर्ष नेताहरु बिरुद्दमा पक्राउ वारेन्ट  जारी गर्न साथ पहाडमा  राजनैतिक भुकम्प शुरु भएको महसुस गरिएको छ | यसरी मोर्चा नेताहरु बिरुद्दमा वारेन्ट जारी गरिन साथ  मङपु नालीडाड़ामा जनताको नाममा पोस्टर देखा परेको छ | जनताको नाममा टासिएको पोस्टरमा एक जना व्यक्ति बिशेषको मामिलाले गोर्खाल्याण्डको अवाज दबिने छैन, यदि पहाडको शान्ति शृंखला  भंग भए यसको सम्पूर्ण जिम्मेवार प्रशासन हुनेछ | गोर्खाल्याण्डको साचो योद्दा माथि हत्याको आरोप लाग्यो भन्दैमा पहाडको जनता कदापी पछि हट्ने छैन | पहाडको जनता बिमल गुरुङको साथ छ भनि उक्त पोस्टरमा उल्लेख गरिएको छ | आज पहाडको कतिवटा क्षेत्रमा दोकान पाठ बन्द रहेको समाचार प्राप्त भए  पनि मङपु  क्षेत्रमा भने सम्पुर्ण दोकान पाठ खुल्ला रहनको साथै जनजीवन सामान्य रहेको देखियो |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB