Trending Vids

मंग्पूमा रविन्द्रनाथ जयन्ती हुने, २०११ मा थुप्रै घोषणा गरि अल्पेका गौतम देव पनि उपस्थित रहने

Gautam deb in mungpoo Rabindranath Tagore birth anniversary in mungpoo 2011
२०११ को रबिन्द्र जयन्तीमा माल्यार्पण गर्दै मन्त्री गौतम देव मंग्पूमा
विश्व कवि रविन्द्रनाथ ठाकुरको १५५ औ जन्म जयन्ती सूचना तथा सांस्कृतिक बिभाग पशिचम बंगाल सरकार अनि मड़पू साहित्य संस्थानको सयुक्त आयोजनामा आगामी ९ अप्रेलमा मड़पूस्थित श्रमिक कल्याण केन्द्रमा भव्यताको साथ पालन गर्ने जानकारी सूचना तथा सांस्कृतिक बिभागका प्रभारी सुप्रिना ब्लोनले दिएका छन् | उक्त जन्म जयन्ती समारोहमा बिशेष २०११ को रविन्द्र जन्म जयन्तीमा रविन्द्र संग्राहलय सम्बन्धित थुप्रै घोषणाहरु  गरि  आजसम्म अपुरा छोडेर अल्पेका उतर बंगाल बिकाश मन्त्री गौतम देवको पनि उपस्थिति रहने भएको छ भने समारोहलाई सफल पार्नको निम्ति बिधायक डा० रोहित शर्मा महकुमा अधिकारी सौरव मण्डल खण्ड अधिकारी कलोल रेको पनि उपस्थिति रहने तय भएको छ | सिन्कोना निर्देशक डा० सामुएल राईको अध्यक्षतामा सम्पन हुने जन्म जयन्तीमा मड़पू साहित्य संस्थानको पनि बिशेष भूमिका रहने भएको छ | १५५ औ जन्म जयन्ती पालन गर्न हेतु उतर बंगाल बिकाश मन्त्री गौतम देव फेरि मड़पू आउने भएको छ  | उनले आएर रविन्द्रनाथ ठाकुरले धेरै पल्ट बास गरेको स्थान अथवा संग्रालयको भ्रमण पनि निश्चय नै  गर्नेछ अनि चासोको बिषय यस पल्ट उनले  के घोषणा गर्ने हुन् सबैमा कौतुहल छाएको छ | बिगतको समारोहहरुमा पनि धेरैवटा कुराको घोषणा रविन्द्रनाथ ठाकुरलाई साक्षी राखेर गरेको थियो जो हाल सम्म पनि पुरा हुन् सकेको छैन | अब हेर्नुछ ९ तारिखको दिन जन्म जयन्ती मात्र पालन गर्ने हो कि रविन्द्र संग्राहलय सम्बन्धित कुनै थप घोषणा गरेर जाने हो |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB